८ वैशाख २०८१ शनिबार
कला

राजधानीमा थपियो नयाँ नाटक घर

काठमाडौ,– चिनियाँ कथाकार लु स्युनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’को मञ्चनसँगै  राजधानीमा नयाँ नाटघकर खुलेको छ।

‘कुञ्ज नाटकघर’ नाम दिइएको नाटकघर  मंगलबार शताब्दी पुरुष सत्यमोहन जोशी ,नेकपा एमालेका नेता एवं  साहित्यकार प्रदिप ज्ञवाली र कुञ्ज नाटकघरका अध्यक्ष कमल ढकालले सयुंक्त रुपमा उद्घाटन गरेका थिए । नाटक घरको उदघाटन गर्दे जोशी र ज्ञवालीले रमणीय लेखन कुञ्जमा विभिन्न विधासँगै नाटक पनि सञ्चालन हुनु ऐतिहासिक भएको बताएका थिए। 

बानेश्वर  थापागाउँ सिडियोटोलस्थित सो नाटकघरमा मञ्चन सुरु भएको नाटक फागुन १६ गतेसम्म  चल्नेछ ।
चे शंकरको निर्देशनमा सुदाम सिकेको एकल  अभिनय रहेको छ । १९ औं शताब्दीको  समयमा जनतामा सामाजिक, राजनीतिक चेतना विकास गराएको   नाटक अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेकोले मञ्चनका लागि छानेको निर्देशक चेले बताएका छन् ।  नाटकले  सर्वसाधारण मानिसहरू राज्य, कानुन र संस्कृतिबाट कसरी प्रताडित भएका छन् भन्ने विषयलाई प्रस्तुत गरेको छ ।  

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App