८ वैशाख २०८१ शनिबार
कला

किरात संग्रहालय निर्माण थालनी

खोटाङ– किरात जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषभूषा, गरगहना लगायतका बहुमूल्य सम्पदालाई संकलन गर्दै संरक्षणका लागि महेश्वरीमा किरात संग्रहालय निर्माण सुरु गरिएको छ।

करिब ५५ लाखको लागतमा ३ वर्षमा पूरा गर्नेगरी स्थानीय धिनडाँडास्थित ज्योति प्रावि नजिक तीन तले पक्की संग्रहालय निर्माणका लागि घडेरी सम्याउने, निर्माणस्थलमा बालुवा ल्याउने, गिटी तयार पर्ने, ढुंगा जुटाउने, आवश्यक काठ चिरानी गर्ने लगायतका काम भइसकेको छ । यस आर्थिक वर्ष संग्रहालयको एकतला निर्माण गर्ने गरी काम थालिएको हो । संग्रहालयको भवन तथा संग्रहालयमा राखिने सामग्रीहरूको खरिद तथा नयाँ सामान निर्माण लगायतका कामका लागि १६ लाख रुपैयाँभन्दा बढि रकम जम्मा भइसकेको संयोजक खम्बूले बताए।

हजारौं वर्ष पूरानो इतिहास र सभ्यता भएको किराती इतिहास तथा संस्कृतिसँग सम्बन्धित संग्रहालय कम भएका कारण किरात राई यायोक्खा रिब्दुङ महेश्वरीको पहलमा किरात संग्रहालय निर्माण थालिएको हो । किरात अध्ययन केन्द्रका रूपमा स्थापना गरी पर्यटन प्रबद्र्धनमा समेत टेवा पु¥याउन संग्रहालय निर्माण गर्न लागिएको निर्माण समितिले जनाएको छ । भवनको भुइँ तलामा सामूहिक चुल्हो घर तथा माथिल्लो तलालाई संग्रहालय बनाउने तयारी निर्माण समितिको छ । संग्रहालय निर्माणका लागि तत्कालिन गाबिसबाट १ लाख र आदिबासी जनजाती प्रतिष्ठानबाट २ लाख बाहेक अन्य रकम चन्दा संकलन गरेर जम्मा गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ।

वास्तुकलाले सजाइने संग्रहालयको गजुर चिण्डोको हुनेछ । ‘किराती सभ्यता, इतिहास, संस्कार, संस्कृति, सीप, सामाग्री देशकै अमुल्य सम्पत्ती हुन्,’ खम्बूले भने, ‘यी सम्पत्तीहरुलाई बचाउने दायित्व हाम्रै भएकाले किरात संग्रहालय बनाउन थालेका हौं । यस ठाउँको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौं ।’ संग्रहालयका लागि स्थानीय शम्सेरजंग राई, मानबहादुर राई र पूर्णबहादुर राईले ८ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्।

दयाहाङ सदुभाव दूत
अभिनेता दयाहाङ राई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु भएको किरात संग्रहालयको सद्भाव दूत नियुक्त भएका छन् । किरात समुदायको ऐतिहासिक थलो मानिने महेश्वरीमा चन्दा संकलन अभियानबाट सुरु गरिएको संग्रहालय निर्माण अभियानलाई पूरा गर्नका लागि अभिनेता राईलाई संग्रहालयको सद्भावना दूत बनाइएको हो । संग्रहालय निर्माणका कामलाई सम्पन्न गर्नका लागि किरात राई यायोक्खा जिल्ला कार्य समिति काठ्माडौंको समन्वयमा अभिनेता राईलाई आइतबार सद्भावना दूत बनाइएको संग्रहालय निर्माण समितिका संयोजक खुक्सङ खम्बुले बताए ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App