८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप हेर्ने नेपालीलाई समन्वय गरिने

काठमाडौं – रसियन कल्चर सेन्टर कमल पोखरीले मंगलबार एक कार्यक्रम गरि रूस विश्वकप हेर्न जाने नेपाली दर्शकलाई समन्वय गर्ने जनाएको छ।

रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरका निर्देशक स्टानिस्लेभ सिमाकोभले भने, ‘फिफा विश्वकपमा खेल हेर्न आउने दर्शकलाई भिसा प्रक्रिया केही अप्ठ्यारो छ, अनि टिकटका लागि पनि प्राय जसो एयरलाइन्सहरु निकै व्यस्त छन्, त्यसैले खेलप्रेमी दर्शकहरूले हाम्रो समन्वयमा काम गर्नुभयो भने सहज हुनेछ।’

सेन्टरले विश्वकपका गतिविधको सूचना आदनप्रदान गर्न काठमाडौंमा रहेको सेन्टरमा डेस्क सञ्चालन गर्ने जनाएको छ । यही वर्ष जुन १४ देखि जुलाई १५ सम्म सञ्चलान  हुने प्रतियोगिताका तयारी पूरा भएको जनाइयो । प्रतियोगिता ११ शहरका १२ रंगशालामा प्रतियोगिता सञ्चालन हुँदै छ।

प्रकाशित: ९ फाल्गुन २०७४ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App