coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

दुवै पुलिसको विजयी सुरुआत

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफले प्रधान सेनापति तेस्रो राष्ट्रिय भलिबलमा विजयी सुरुआत गरेका छन् । मंगलबार भएको पहिलो खेलमा पुलिसले  मध्यमाञ्चललाई तथा एपिएफले पूर्वाञ्चललाई समान ३–० को सोझो सेटमा पराजित गरे।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा मंगलबार नेपाल पुलिस क्लबले मध्यमाञ्चल विकास क्षेत्रमाथि पहिलो सेट २५–८ ले जितेको थियो । पहिलो सेटमा फराकिलो जित निकालेको पुलिसले दोस्रो र तेस्रो सेट २५–१५ र २५–१३ ले आफ्नो बनाएको थियो।

मंगलबारकै अर्को खेलमा सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले पूर्वाञ्चललाई पहिलो सेटमा २५–१३ ले पाखा लगाउँदा दोस्रो सेट २५–२० ले जितेको थियो । यस्तै, अन्तिम सेटमा पनि २५–१८ जित निकालेपछि विभागीय टोली सोझो सेटमा विजयी भएको हो । विजयी एपिएफले तालिकामा स्पष्ट ३ अंक जोड्न सफल भयो।

लिग कम नकआउट प्रणालीमा जारी प्रतियोगितामा बुधबार चार खेल हुँदै छन् । पहिलो खेल मध्यमाञ्चल र पश्चिमाञ्चल, दोस्रो मध्य–पश्चिमाञ्चल र सुदूर–पश्चिमाञ्चल, तेस्रो त्रिभुवन आर्मी क्लब र एपिएफ तथा चौथो खेल नेपाल पुलिस क्लब र पूर्वाञ्चलबीच हुनेछन्।

प्रकाशित: ९ फाल्गुन २०७४ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App