७ वैशाख २०८१ शुक्रबार
खेल

स्वर्ण पछ्याउँदै ब्राजिली फुटबल

रियो दी जेनेरियो– विश्व फुटबलको महारथी ब्राजिलले ओलम्पिकमा अहिलेसम्म एउटै स्वर्ण पदक जित्न सकेको छैन । विश्वकपमा पुरुष टोलीले कीर्तिमानी पाँचपटक उपाधि जिते पनि ओलम्पिकमा पहिलो स्वर्ण जित्ने सपना घरेलु मैदानमा पूरा गर्नेमा ब्राजिली समर्थक आशावादी छन् ।प्रतियोगिताको बलियो दाबेदार आयोजक ब्राजिलले बुधबार पुरुष फुटबलको सेमिफाइनलमा होन्डुरससँग प्रतिस्पर्धा गर्दैछ ।

तेस्रोपटक ओलम्पिक फुटबलको सेमिफाइनलमा पुगेको ब्राजिलले उपाधि जित्ने धेरैको विश्वास छ । ब्राजिलले संघर्षमय यात्रा तय गर्दैमहŒवपूर्ण खेल नजिक आइपुगेको हो । मैदानभित्र टोलीले संघर्ष गरिरहँदा ओलम्पिक आयोजनाको तयारीमा रहँदादेखि नै ब्राजिलले देशभित्र विभिन्न ठाउँमा विरोध र अवरोध बेहोर्नुपरेको थियो ।

रक्षक मार्कक्विनहोजले आर्थिक सुविधाभन्दा पनि राष्ट्रिय गौरवका लागिब्राजिली खेलाडीले खेल्ने बताएका छन् । उनका अनुसार टोलीमा महँगा खेलाडी भएपनि उनीहरूले राष्ट्रिय टोलीमा राष्ट्रिय स्वाभिमानका लागि खेल्ने छन् ।

ब्राजिल टोलीमा सर्वाधिक महँगा खेलाडीका रूपमा बार्सिलोनाका नेइमार र राफिन्हा छन् । ‘हामीले बोनसका बारे कुरा गरेका छैनौं । हामी एक निश्चित बिन्दुसम्म पनि पुगेका छैनौं,’ पेरिस सेन्ट जर्मेनका खेलाडी मार्कक्विनहोजले सोमबार पत्रकार सम्मेलनमा भने, ‘मेरो सपना भनेको टोली र समर्थक दुवै च्याम्पियन बनुन् भन्ने हो ।’ पत्रकार सम्मेलनमा मार्कक्विनहोजलाई बोनसबारे प्रश्न सोधिएको थियो ।
सेमिफाइनलमा ब्राजिलको सामना गर्न लागेको होन्डुरसले यसअघि दक्षिण अमेरिकी शक्तिशाली टोली ब्राजिलको सामना गरिसकेको छ । समूह ‘डी’ बाट पोर्चुगल विजेता र होन्डुरस उपविजेता हुँदै नकआउट चरण आइपुगेका हुन् । होन्डुरससँग समूह चरणमा १–१ को बराबरी खेलेको अर्जेन्टिनाले समूह चरण पार गर्न सकेन । समुह चरणमा एउटा मात्र खेल जित्ने क्रममा दक्षिण कोरियालाई होन्डुरसले १–० ले हराएको थियो ।

कोरियाविरुद्धजित पाएपछि पहिलोपल्ट ओलम्पिकमा पदक नजिक पुगेको छ होन्डुरस ।
कोलम्बियाली फुटबलर होसे लुइस पिन्टोले ओलम्पिकमा होन्डुरस टोलीको नेतृत्व सम्हालेको छन । पिन्टोले दुई वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपमा कोस्टारिका टोलीका प्रशिक्षक भएर काम गरेका थिए । विश्वकपमा कोस्टारिकाले आश्र्चयजनक नतिजा निकाल्ने क्रममा क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो । प्रशिक्षक पिन्टोले ब्राजिललाई सचेत गराउँदै सहजै हार नस्विकार्ने बताएका छन् ।

उनले ब्राजिलले खेल सोचेजस्तो सहज नहुने र जर्सी रंगका कारण खेल नजित्ने चेतावनी दिए । ‘हामीलाई थाहा छ ९० मिनेटसम्म ब्राजिली समर्थकले आफ्नो टोलीलाई साथ दिन्छन् । उनीहरूले टोलीको हौसला बढाउँछन् । तर हामी मानसिक रूपमा तयार छौं । भावनात्मक रूपमा त्यसलाई रोक्ने प्रयास गर्नेछौं,’ पिन्टोले भने, ‘ब्राजिल टोलीलाई म आदर र सम्मान गर्छु तर समर्थक र जर्सीको रंगका कारण ब्राजिलले खेल जित्न सक्दैन ।’

खेलमा विस्तारै लय समाउँदै गरेको कप्तान नेइमारले जारी ओलम्पिकको चार खेलमा एक गोलमात्र गर्न सकेका छन् । उनलाई राष्ट्रिय टोलीलाई एक महत्वपूर्ण सफलता दिलाउने बोझ पनि छ ।
नेइमारले घरेलु मैदानमा टोलीले ओलम्पिक फुटबलको स्वर्ण जित्ने लक्ष्य पूरा गर्ने आशा गरेको छन् । २४ वर्षे नेइमार क्वार्टरफाइनलमा कोलम्बियाविरुद्ध २–० को सफलता हासिल गर्दा गोल गरेका थिए ।
यसैगरी प्रशिक्षक पिन्टोसँग ब्राजिलियन टोलीका गोल्डेन ब्वाई नेइमारलाई रोक्ने योजना पनि छ । उनले भने, ‘मैले नेइमारबारे धेरै सोचेको छु । उसलाई कसरी रोक्ने भनेर । मैले उसलाई राम्ररी निगरानी गर्ने योजना बनाइरहेको छु ।’

के शनिबार हुने फाइनलका लागि ब्राजिलले जर्मनीसँग भिड्न सक्छ भन्ने अनुमान पनि धेरैले गरिरहेका छन् । दुई वर्षअघि घरेलु मैदानमा जर्मनीले सेमिफाइलनमा ब्राजिललाई ७–१ ले हराएको थियो, जुन ब्राजिल फुटबलको अहिलेसम्मकै खराब नतिजामा पर्छ ।

यसैगरी जर्मनले साओ पाउलोमा हुने ओलम्पिक फुटबलको सेमिफाइनलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीले क्वार्टरफाइनलमा पोर्चुगललाई ४–० ले हराएको थियो । जर्मन टोलीका राइट ब्याक जेरिमाई टोलजानले भने, ‘पोर्चुगलविरुद्धको जितबाट हामी धेरै खुसी छौं । फराकिलो अन्तरको जितले टोलीमा आत्मविश्वास बढ्छ ।’

जारी ओलम्पिक खेल सुरु हुनअघि केही घन्टा अघिमात्र नाइजेरिया टोली ब्राजिल पुगेको थियो । विभिन्न समस्याको सामना गरेको नाइजेरियाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पहिलो खेलमै टोलीले जापानलाई ५–४ ले हराउँदै टोली अगाडि बढेको थियो । एएफपी

 

प्रकाशित: १ भाद्र २०७३ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App