coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अग्नी खरेल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं – सरकारको महान्यायाधिवक्तामा अग्नी खरेल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री खरेललाई मंगलबार साँझ महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

खरेललाई संविधानको धारा १५७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिएका छन्।

महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार हो।

यस्तै, राष्ट्रपति भण्डारीले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका महान्यायाधिवक्ता बसन्तराम भण्डारीको राजीनामा स्वीकृत गरेकी छन्। 

प्रकाशित: ८ फाल्गुन २०७४ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App