coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तरकारी उत्पादनमा कमी

काभ्रे - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा तरकारी उत्पादनमा गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशतले कमी आएको छ ।जलवायु परिवर्तन र सिँचाइको अभावका कारण तरकारी उत्पादनमा कमी आएको हो । तरकारीको उत्पादनमा कमी आएपछि बजारमा व्यापारीले हारालुछ गर्न लागेको बनेपा नगरपालिका– ४ की अम्बिका दाहालले बताइन्।

“गत वर्षसम्म तरकारी लिन व्यापारीलाई अनुरोध नै गर्नुपथ्र्यो, यस वर्ष व्यापारीले नै बढी मूल्य दिन थालेका छन्,” उनले भने। बजारमा तरकारीको मूल्य पर्याप्त भए पनि उत्पादन कम भएकाले लगानी मात्र उठ्ने गरेको उनले बताए । उनले हाल साग, काउली र मुला लगाएका छन्

तरकारीको मूल्य पाएपछि बनेपा– ३ की सान्नानी दाहाल पनि सन्तुष्ट छिन्। “पोहोरको दाँजोमा तरकारीको मूल्य घटबड भए पनि सन्तुष्ट नै छु,” उनले भने । सिँचाइको सुविधा भए तरकारीको उत्पादनमा सहयोग पुग्ने तर अहिले खानेपानीको समेत अभाव भएपछि समस्या भएको उनले बताए।

बनेपाको नाला क्षेत्रमा जिल्लाकै धेरै तरकारी उत्पादन हुने गर्छ । पानीको अभावका कारण अहिले तरकारी उत्पादनमा गिरावट आएको छ । उग्रचण्डी तरकारी बजारको स्थापना भइसकेपछि किसानले उचित मूल्य पाउन थालेका छन् । नालामा हाल पोहोरको तुलनामा तरकारीमा ७५ प्रतिशत उत्पादनमा गिरावट आएको व्यापारी रामसुन्दर पराजुलीले बताए।

“गत वर्षसम्म बजारमा पर्याप्त तरकारी हुन्थ्यो, यसवर्ष त्यो अवस्था रहेन,” पराजुलीले भने। बजारमा तरकारीको अभाव हुन थालेपछि व्यापारीबीच नै तरकारी कसले लिने भन्ने प्रतिस्पर्धा हुन थालेको छ । अन्य पेशाभन्दा तरकारी व्यापार सजिलो हुने भएकाले व्यापारीको संख्या बढ्दै गएको छ ।रासस
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App