८ वैशाख २०८१ शनिबार
समाज

अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन्।

खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा आज भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाल र चीनबीचको आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो ।भेटका अवसरमा उपमन्त्री झाउले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे राखेकाे जिज्ञासामा अध्यक्ष दाहालले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि दुबै पार्टी एकताको निर्णयमा पुगेको बताएका उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष दाहालले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यकासाथ शुरु भएको यस एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्नेमा जोड दिएकाे बताइएको छ ।

चिनियाँ उपमन्त्री झाउले दुई पार्टीबीचको एकीकरणमा स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने सक्ने बताएकाे विज्ञप्तिमा उल्लेख छ ।नेपाल सरकारका तर्फबाट चीन सरकारसँग यसअघि भएका सहमति तथा सम्झौता व्यवहारमा रुपान्तरित हुने विश्वास व्यक्त गदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा पनि सहयोगका क्षेत्र विस्तार गर्दै जाने चिनियाँ उपमन्त्री झाउले बताएका थिए।उनले अध्यक्ष दाहालाई चिनियाँ राष्ट्रपतिले लेखेको पुस्तक ‘द’ गभर्नेन्स अफ चाइना– २’ हस्तान्तरण गरेका थिए।रासस
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App