८ वैशाख २०८१ शनिबार
अर्थ

‘आर्थिक विकास नेपाल र नेपालीको लक्ष्य’

काठमाडौं – बेलायतको प्रतिनिधिसभाका सदस्य क्रिस डेभिसले आर्थिक विकास नेपाल र नेपालीको अहिलेको लक्ष्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार संयुक्त अधिकारज्यको वेल्सको राजधानी कार्डिफमा आयोजित समारोहमा उनले बेलायत र नेपालबीचको दुईसय वर्षभन्दा पुरानो दौत्य सम्बन्धको चर्चा गर्दै आर्थिक समृद्धि नेपालको अहिलको मुख्य लक्ष्य हुनुपर्ने बताए।

त्यस अवसरमा बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल आर्थिक विकासको मार्गतर्फ अग्रसर भइरहेकाले देश बाहिर रहेका नेपालीद्वारा आर्जित पुँजी, शिक्षा, दक्षता र अनुभव मातृभूमिको समृद्धिमा लगाउनुपर्नेमा जोड दिए।

वेल्सको संसद्का सदस्य, कार्डिफ, ब्रेकन, बनाथ नगरका प्रमुख गैर आवासीय नेपाली संघ, बेलायतमा क्रियाशील नेपाली संघ संस्था र समाजका पदाधिकारीको सो समारोहमा उपस्थिति रहेको लण्डनस्थित नेपाली राजदूतावासले आज जनाएको छ।  (रासस)

प्रकाशित: ८ फाल्गुन २०७४ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App