coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय युवा शक्तिमा लोहनी

काठमाडौँ-  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी को जनवर्गीय संगठन राष्ट्रिय युवा शक्तिको फणिराज लोहनी राजुको अध्यक्षतामा गठन भएको छ ।

उपाध्यक्षमा राजकुमार श्रेष्ठ र राजन लामा तथा महामन्त्रीमा सुरेन्द्र सेढाइ, सुभानसिंह राई र विनोद बानियाँ छन् भने कोषाध्यक्षमा सुदर्शन सिलवाललाई मनोनयन गरिएको छ ।सदस्यमा विष्णु पाण्डे, गोविन्द नगरकोटी र अकलबहादुर तामाङ छन्। बाँकी छ केन्द्रीय सदस्य समावेशी आधारमा भूगोल र क्षेत्रको सन्तुलन मिलाएर मनोनयन गरिनेछ ।

नवगठित संगठनका अध्यक्ष लोहनीले आगामी दिनमा देशभर तदर्थ समिति गठन गरी युवा बेरोजगारीका समस्या समाधान तथा युवा सशक्तीकरणका लागि गतिविधि सञ्चालन गरिने जानकारी दिए।मुलुकमा भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रमा दबाब दिने र पार्टीको निर्देशनमा देशैभर संगठन सुदृढीकरणमा क्रियाशील रहने उनले बताए।

डा प्रकाशचन्द्र लोहनी नेतृत्वमा रहेको सो पार्टीले अर्को जनवर्गीय संगठनका रुपमा चाँडै महिला संगठन गठन गर्ने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए। रासस
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App