७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

हवाई आक्रमण ७७ को मृत्यु

दमाकस – सिरियाली सेनाले गरेको हवाई आक्रमणमा परी सिरियाको  राजधानी दमाकस नजिकैको  गुटा शहरमा २०  बालबालिका सहित ७७ जनाको मृत्यु भएको छ । आक्रमण अन्य ३ घाइते छन् ।

सिरियाली सेनाले विद्रोहीलाई लक्षित गरी हवाई तथा रकेट आक्रमण गरेको बताएको छ । सिरियामा कार्यरत्त मानव अधिकारवादी संस्थाहरूले  उक्त घटनाले मानव अधिकारको गभ्भीर उल्लंघन गरेको बताएका छन् ।
सिरियाको राजधानी नजिकै रहेको गुटा शहर सन् २०१३ देखि नै विद्रोहीको नियन्त्रणमा रही आएको छ ।

सिरियाली सेना उक्त शहरलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउने प्रयासमा लागेकोले बेलाबेला सिरियामा विद्रोही लक्षित आक्रमण हुने गरेको छ जसको शिकार सर्वसाधारण नागरिक तथा बालबालिकाहरू समेत हुने गरेका छन्  ।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App