७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बैंक ठगीको घटना, हालसम्म तीन पक्राउ

मुम्बई – भारतको आर्थिक नगरी मुम्बईमा रहेको पञ्जाब नेसनल बैंकको शाखा बम्बे स्टक एक्सचेन्ज र भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया नजिकैको सडकमा रहेको छ। मुम्बईको महत्वपूर्ण क्षेत्रमा रहेको बैंकको शाखा अहिले स्थानविशेषले मात्रै नभई अर्बपति हिरा व्यवसायी निरभ मोदीसम्बन्धित बैंक ठगीको विषयले पनि केन्द्रविन्दुमा रहेको छ । जसको कारण भारतको बैंकिङ सम्पत्तिको करिब ७० प्रतिशत हिस्सा ओगट्ने राज्य बैकिङ क्षेत्रको विश्वसनीयतालाई समेत हल्लाइदिएको छ।

भारतका हिरा व्यापारी एवं भारतका चर्चित सेलिब्रेटीका गहना निर्माता निरभ मोदीमाथि पञ्जाब नेसनल बैंकको करिब चार करोड ४४ लाख डलर बराबर ठगी गरेको अभियोगमा अनुसन्धान भइरहेको छ।

बैंक ठगीमा सहयोग गरेको भन्दै भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले हालसम्म तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीन जनामा बैंकका पूर्व सहायक म्यानेजर गोकुलनाथ सेट्टी, मनोज खरात र मोदीका व्यापारिक सहयोगी हेमन्त भाट रहेका छन् । बैंक ठगीको आरोप लागेका मोदीलाई भने पक्राउ गरिएको छैन र उनीमाथि कुनै पनि मुद्दासमेत दायर गरिएको छैन । गत शुक्रबार, भारतीय संघीय प्रहरीले बैंकका दुई अधिकारी र मोदीको व्यापारिक सहयोगीलाई पक्राउ गरेको थियो।

अर्बौं ठगी गरेको आरोप लागेका मोदीले भने सार्वजनिक रूपमा केही बोलेका छैनन् । मोदीविरुद्ध कुनै पनि मुद्दा दायर नभए पनि प्रहरीले उनको सुविधासम्पन्न कैयौं गहना पसलमा उच्चस्तरको छापा मारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मोदी र उनको परिवारले जनवरी महिनामा नै भारत छोडेका छन्।

गत महिना पञ्जाब नेसनल बैंकले देशको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)मा निरभ मोदी र अन्यलाई बैंक ठगी गरेको र करिब २८ अर्ब भारतीय रुपैयाँ क्षति पु¥याएको आरोपमा प्रारम्भिक आपराधिक उजुरी दिएको थियो । पञ्जाब नेसनल बैंकले भने मोदी करिब १८ अर्ब डलर ठगीमा समेत संलग्न रहेको दाबी गरिरहेको छ । जुन रकम बैंकको बजार मूल्यको एक तिहाई हो र उसको चौमासिक फाइदाभन्दा धेरै गुणा ठूलो हो । निरभ मोदी भारतको धनाढ्यमध्येका एक धनी व्यक्ति हुन् र फोब्र्स पत्रिकाका अनुसार उनको व्यक्तिगत सम्पत्ति करिब १७ अर्ब अमेरिकी डलर बराबर रहेको छ।

पञ्जाब नेसनल बैंकका कार्यकारी र सरकारी अनुसन्धानकर्ताका अनुसार, बैंकका सहायक म्यानेजर गोकुलनाथ सेट्टीले मनोज खरातको सहयोगमा सन् २०११ देखि २०१७ सम्ममा करिब १८ अर्ब डलर कारोबार ठगी गरेको देखिएको छ । उक्त ठगीमा पनि मोदीको संलग्नता रहेको पञ्जाब बैंकले दाबी गर्दै आइरहेको छ । उनीहरुले त्यस्तो कसरी गर्न सके भनेर अझैपनि अनुसन्धान भइरहेको बताइएको छ।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App