८ वैशाख २०८१ शनिबार
कला

मिस्टर ओको ‘म टोलाई’ बजारमा

काठमाडौं – उदीयमान प्रतिभा मिस्टर ओले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन् । ‘म टोलाई’ बोलको लोक पप शैलीको गीत उनले युट्युवमार्फत् सार्वजनिक गरेका हुन् । आदेश गुर्माछानको कम्पोजिसन रहेको गीतमा शब्द रचना र स्वर पनि गायक स्वयंको रहेको छ।
छायाँकार मेघावी शाक्य र मनिष श्रेष्ठले मोडलहरू सिद्धान्त कपाली, निशु शर्मा र विकास बर्ताैलालाई दृश्यमा उतारेका छन् । यस गीतले ‘टिनएज’का युवापुस्ताको प्रेम भावनाको प्रतिनिधित्व गरेको छ । भिडियो निर्देशनसमेत आफैंले गरेका गायक मिस्टर ओ. (ओमुक)ले भविष्यमा निरन्तर संगीत क्षेत्रमै लाग्ने र क्रमशः अन्य गीतहरू पस्किँदै जाने बताए।

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App