८ वैशाख २०८१ शनिबार
खेल

रिउसको गोलमा डर्टमन्ड विजयी

बर्लिन – मार्को रिउसले मेयता जर्मन बुन्डेसलिगामा पहिलो गोल गरेपछि आइतबार राति बोरुसिया डर्टमन्डले अत्यन्तै खराब मैदानमा बोरुसिया मोन्चेनग्लाडबाचमाथि १–० को जित दर्ता गराएको छ। पछिल्लो समयको खराब मौसमले बोरुसिया पार्कको मैदान नराम्ररी बिगारेका कारण दुई टोली अनपेक्षित रूपमा कमजोर मैदानमा खेल्न बाध्य भए।

मोन्चेनग्लाडबाचका लागि लार्स स्टिन्डेल र राउल बोबाडिलाले सुरुमै गोलको मौका पाएका थिए, तर उनीहरूका लागि गोलभन्दा पनि खराब मैदानमा जोखिएर खेल्नु प्राथमिकतामा रह्यो । भ्रमणकारी डर्टमन्डका आन्द्रे सुरलले मैदानको बेवास्ता गर्दै भिडेर खेल्दा पहिलो हाफमा सामान्य चोट बोक्नुप¥यो । तर सामान्य उपचारपछि ठीक भएका सुरलकै पासमा रिउसले ३२औं मिनेटमा डर्टमन्डलाई अग्रता दिलाए।

मारियो गोइट्जेको लामो पासमा बललाई सुरलले रिउसतिर धकेलिदिएका थिए । जहाँ रिउसको प्रहार क्रसबारलाई छुँदै गोलमा परिणत भएको थियो । ‘यस्तो खराब अवस्थाको मैदानमा हामीले जोगिएर खेल्नु थियो । आज हामीले जोगिएर खेल्नुका साथै महत्वपूर्ण तीन अंक हासिल गरेका छौं । कठिन अवस्थामा गोल गर्न सक्दा मलाई खुसी लागेको छ,’ रिउसले भने, ‘हामीले अब आगामी दिनको योजना बनाउन ढिलो गर्नुहुन्न।’

चोटका कारण जारी सिजनका अधिकांश समय मैदानबाहिर बिताएका रिउसले गत सिजनको अन्तिम दिन दुई गोल गरेयता डर्टमन्डका लागि गोल गर्न सकेका थिएनन्।

आइतबारै चाँडो गरी सम्पन्न खेलमा मारियो गोमेजको गोल भिएफबी स्टुटगार्टका लागि सिजनको पहिलो अवे जित हासिल गर्न पर्याप्त भयो । स्टुटगार्टले औसबर्गमाथि १–० को जित हासिल गरेको थियो । औसबर्गका लागि भने यो अक्टोबरयता घरेलु मैदानमा भोगेको पहिलो हार हो।

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App