coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

त्रिभुवन आर्मीको जित

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबले होम एन्ड अवे डबल लिग प्रणालीमा जारी क्विक्स बास्केटबल लिग प्रतियोगितामा आइतबार गोल्डेनगेट इन्टरनेसनल कलेजमाथि ८८–५० को जित दर्ता गराएको छ।

रोबिन खत्रीले सर्वाधिक १७ स्कोर गरेपछि आर्मी प्रतियोगिताको दोस्रो खेलसम्म शतप्रतिशत नतिजा कायम राख्न सफल भएको हो । आर्मीले पहिलो खेलमा विशाल मिलन केन्द्रलाई पराजित गरेको थियो।

भद्रकालीको घरेलु कोर्टमा आर्मी पहिलो क्वार्टरमा २२–१९ ले पछि परेको थियो । दोस्रो क्वार्टरमा उत्कृष्ट पुनरागमन गर्दै २३–६ को फराकिलो अन्तरमा नतिजा आर्मीले आफ्नो पक्षमा पारेको थियो । तेस्रो क्वार्टरमा पनि उत्कृष्ट खेल पस्किएको आर्मीले २७–१२ को अग्रता लियो । अन्तिम क्वार्टरमा १९–१० को अग्रता लिँदा समग्रमा आर्मी ८८–५० ले विजयी बन्यो । लगातार दुई खेल जितेको आर्मी ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।

सोमाबारै भएको अर्को खेलमा बुढानीलकण्ठ नगरपालिकाले बिएमसी साउथसाइडर्समाथि ५९–५६ को प्रतिस्पर्धात्मक जित निकाल्यो । बुढानिलकण्ठलाई रोमाञ्चक जित दिलाउन विराज रानाले सर्वाधिक १६ स्कोर गरे।

गोल्फुटारस्थित घरेलु कोर्टमा बुढानिलकण्ठ पहिलो क्वार्टर ०६–२२ ले पछि परेको थियो । दोस्रो क्वार्टर १६–१४ ले आफ्नो बनाएको बुढानिलकण्ठले तेस्रो क्वार्टरमा १७–०२ को फराकिलो अन्तरमा अग्रता लियो । चौथो क्वार्टरमा पनि लय कायम राख्दै घरेलु टोलीले २०–१८ को अग्रता लियो।
प्रतियोगितामा मंगलबार हिमालयन हन्स र विशाल मिलन केन्द्रबीच शंकरदेव कोर्टमा खेल हुनेछ।

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App