निर्माण सामग्री लानै सास्ती

मङ्गलबार, ०८ फागुन २०७४, ०६ : ४६ हिमनाथ देवकोटा

रसुवा – हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सकस भएको छ । सडक सञ्जालले नछोएको दुर्गममा पर्ने हाकुका भूकम्पपीडित सदरमुकामबाटै रड, काठ, सिमेन्ट, बालुवालगायत सामग्री बोकेर लान बाध्य छन्।

हाकुबाट रित्तै हिँडेर सदरमुकाम झर्न करिब ६ घन्टा लाग्छ । भारी बोकेर जाँदा यत्ति नै समयमा पुगिन्छ भन्न सकिँदैन । हाकुका उत्तम तामाङ भन्छन्, ‘सडक नभएकाले घर बनाउने सामान लान सारै अप्ठ्यारो छ ।’ सदरमुकामबाट हाकु पुग्न बाटोमा दुई स्थानमा अति नै जोखिम छ । ‘रड बोकेर जाँदा अलिकति दायाँबायाँ भयो भने सिधै खोलामा पुगिन्छ । धुन्चेबाट घर बनाउने सामान गाउँमा लैजाँदा घर नपुगिने पो हो कि भन्ने डर लाग्छ,’ तामाङ सुनाउँछन्।

सडक सञ्जालले नजोडिएको हाकुका भूकम्पपीडितले रड, काठ, सिमेन्ट, बालुवालगायत सामग्री सदरमुकामबाट पिठ्युमा बोकेरै लाने गरेका छन्।

धुन्चेबाट करिब डेड घण्टाको ओरालो झरेपछि त्रिशूली खोला पुगिन्छ । त्रिशूली खोलामाथि ठूलाठूला भिर छन् । बाटो साँघुरो भएकाले सामग्री गाउँ पु¥याउन निकै सास्ती खेप्नुपरेको हाकुका बुद्ध तामाङले बताए । धुन्चेबाट हाकुबेसी नपुग्दासम्म बीचमा खानेपानीको व्यवस्था नहुँदा समस्या आएको हाकुवासीले बताए । करिब डेड घण्टाको ओरालो झरेपछि एउटा खोला भेटिन्छ । हाकु जाने मानिसका लागि पानी पिउन खोलाको विकल्प नभएको हाकुबेसीका याङजेन तामाङले बताइन्।

सामग्रीभन्दा ढुवानी खर्च महँगो
गत भदौमा अनुदान सम्झौता भएको हाकुमा अहिले पुनर्निर्माणले गति लिएको छ । घर निर्माणले गति लिएसँगै भूकम्पपीडित निर्माण सामग्री जुटाउन व्यस्त देखिन्छन् । सडक सञ्जालले नजोडिएको र सामग्री लिनका लागि टाढासम्म जानुपर्दा पीडितले सास्ती खेपिरहेका छन्।

सामग्री खरिद गर्नुभन्दा ढुवानी महँगो भएको हाकुका भूकम्पपीडित रामबहादुर तामाङले बताए । केही समयअघि घर निर्माण थालेका तामाङले रड खरिद गरिसकेका छन् । ‘एक मुठा रड खरिद गर्दा ११ हजार ५ सय रुपैयाँ प¥यो,’ उनले भने, ‘गाउँमा पु¥याउँदा करिब १७ हजार रुपैयाँ नाघ्ने देखिन्छ।’

प्रतिबोरा एक हजार ५० रुपैयाँ परेको सिमेन्ट हाकु पु¥याउँदा १७ सय ५० पुग्ने उनको भनाइ थियो । स्थानीय स्रोत र साधनको प्रयोग गरेर भूकम्पप्रतिरोधी घर निर्माण गर्न सकिने भए पनि अन्य सामग्रीभन्दा ती सामग्री महँगो पर्न जाँदा पीडितले रड, सिमेन्ट र बालुवाको प्रयोग बढाएका हुन् । ‘हाकुबेसीमा काठ ल्याउनुभन्दा रड ल्याउन सस्तो पर्छ,’ तामाङले भने, ‘ठूलोहाकुबाट हाकुबेसीसम्म एउटा टिम्बा ल्याएको तीन हजार रुपैयाँ पर्छ ।’

सवारीको विकल्प खच्चड
सडक सञ्जालले नजोडिएको उक्त क्षेत्रमा सामग्री ढुवानीका लागि खच्चडको विकल्प छैन । दैनिक उपभोग्य सामग्री, सिमेन्ट र बालुवा बोक्नका लागि खच्चडको प्रयोग हुने गरेको हाकुका खच्चड व्यवसायी सण्डु तामाङले बताए।

मानिसले सामग्री बोकेर लैजान कठिन हुने भएकाले खच्चडको प्रयोग हुने उनले बताए । ‘काठ र रडको लम्बाइ लामो हुने भएकाले यी सामग्री खच्चडले बोक्न सक्दैनन्, ’ उनले भने, ‘अरू सामान गाउँ लानका लागि खच्चडको नै प्रयोग हुन्छ ।’ खोलाबाट निकालिएको बालुवा गाउँसम्म लैजानका लागि प्रतिपाथी २५ रुपयाँदेखि ६० रुपैयाँसम्म खच्चडधनीले लिने गरेका छन्।

खोलादेखि हाकुबेसीसम्म बालुवा बोकेको २५ रुपैयाँ र ठूलोहाकुसम्म पु¥याएको ६० रुपैयाँसम्म लिने गरेको हाकुका भूकम्पपीडित याङ्जेन तामाङले बताइन् । ‘घर निर्माणका लागि सामान किन्न भन्दा गाउँमा सामन पु¥याउन महँगो पर्ने रैछ,’ उनले भनिन्, ‘भूकम्पप्रतिरोधी घर बनाउन खर्चिलो रैछ ।’

हाकुमा पुनर्निर्माणको अवस्था
आमाछोदिङ्मो गाउँपालिका– १ मा पर्ने ठूलोहाकु र हाकुबेसीमा तीन सय ६२ लाभग्राही छन् । यी सबै लाभग्राहीसँग अनुदान सम्झौता भएको छ।

अनुदान सम्झौता भएर घर निर्माण गरेका लाभग्राहीमध्ये ३८ जनाको दोस्रो किस्ताको लागि सिफारिस भएको असिस्टेन्ट सब–इन्जिनियर छत्रबहादुर शाहीले बताए । शाहीका अनुसार दुईजनाको तेस्रो किस्ताका लागि सिफारिस भएको छ । हाकुमा पुनर्निर्माण गर्नका लागि दक्ष जनशक्तिको कमी, ढुवानी समस्या र निर्माण सामग्री अभावलगायत समस्या रहको आमाछोदिङ्मो गाउँपालिका–१ का वडाध्यक्ष निमादिण्डु तामाङले बताए।

हाकुका भूकम्पपीडितमध्ये चैत मसान्तसम्ममा करिब डेड सय लाभग्राहीले मात्र दोस्रो किस्ता बुझ्न सक्ने देखिएको शाहीको भनाइ छ । जोखिममा रहेको बस्ती भन्दै लामो समयसम्म अनुदान सम्झौता हुन नसकेको त्यहाँ गत भदौमा अनुदान सम्झौता गरिएको थियो।


 






यसमा तपाईको मत

अन्य समाचार

वर्ल्डलिंकको “अब हरेक टिभीमा यूट्युब”

वर्ल्डलिंकको “अब हरेक टिभीमा यूट्युब”

वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले “अब हरेक टिभीमा यूट्यबु” नामक एउटा नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको छ । ...

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ ...

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

Ncell Footer Ad