८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन आयोगका कमजोरी सच्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा देखापरेका विकृतिबारे जनस्तरबाट उठेका टिप्पणीप्रति ध्यान दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

दोस्रो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रममा  प्रधानमन्त्री ओलीले विकृतिजन्य कुराप्रति जनस्तरबाट उठेका टिप्पणीतर्फ आगामी दिनमा ध्यान दिन र सच्याउन जरुरी भएको बताए । प्रधानमन्त्री ओलीले निर्वाचनको हरेक चरणलाई थप जनमैत्री बनाउन आवश्यकता महसुस भएको बताए । उनले भने, ‘आगामी दिनमा निर्वाचन आयोगले सबैसँग सुमधुर सम्बन्ध र समन्वय कायम गर्दै निर्धारित लक्ष्य हासिल गर्न आफ्नो विश्वसनीयता अभिवृद्धि गराउन समर्थ गरोस् भन्ने अपेक्षा र आह्वान गर्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले ऐतिहासिक निर्वाचनमार्फत लामो राजनीतिक द्वन्द्व र संक्रमण अन्त्य गर्न सफल भएकोमा आयोगलाई धन्यवाद दिए । उनले अबको लक्ष्य आन्तरिक स्रोतसाधनको अत्यधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर विकासका पूर्वाधार निर्माण, उद्योग स्थापना, रोजगारी प्रवद्र्धन गर्दै सुखी नेपाली समृद्ध नेपालतर्फ रहेको बताए । प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व हासिल गर्न र जीवनस्तर माथि उठाउन सबैले देशको दु्रततर सामाजिक र आर्थिक रुपान्तरणतर्फ परिचालित हुनैपर्ने बताए । आयोगले गत वर्षदेखि प्रजातन्त्र दिवसकै दिन निर्वाचन दिवस पनि मनाउन थालेको हो।

 


 

प्रकाशित: ८ फाल्गुन २०७४ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App