coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश सरकारले पूर्णता पायो

सुर्खेत – प्रदेश ६  मा सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । आफू मुख्यमन्त्री भएको चार दिनपछि शाहीले सत्ता साझेदार दल एमालेका चारसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । ४० सदस्य प्रदेशसभामा ७ मन्त्री हुने व्यवस्था छ।

एमाले प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी भएको छ । ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व सम्हालेका छन् । अर्थ व्यवस्था समितिका पूर्वसभापतिसमेत रहेका ज्वालाले आफ्नो विज्ञताका आधारमा मन्त्रालय छानेका हुन् । उनी सल्यानबाट निर्वाचिन सांसद हुन्।

यस्तै एमालेका दल रावलले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । रावल हुम्लाबाट निर्वाचित सांसद हुन् । एमालेकै नन्दसिंह बुढाले वन तथा वातावरण मन्त्रालय र खड्ग खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् भने खत्री सुर्खेतबाट निर्वाचित सांसद हुन्।

मुख्यमन्त्रीपछिको शक्तिशाली मानिने आन्तरिक मामिला तथा कानुन मन्त्रालय माओवादी केन्द्रले राखेको छ । आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी जुम्लाका सांसद नरेश भण्डारीले पाएका छन् । उनी माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दाबेदार थिए । यस्तै पश्चिम रुकुमकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । पहिलो संविधानसभामा सदस्य रहेकी केसी समानुपातिक सांसद हुन्।

प्रदेश समृद्धिको नारा तय
मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै आइतबार बसेको पहिलो बैठकले प्रदेश समृद्धिको नारा तय गरेको छ । पहिलो मन्त्रिपरिषद् बैठकले ‘गरिब जनताको धनः जडिबुटी, वन्यजन्तु र वन’ लाई समृद्धिको नारा तय गरेको हो । सरकारका प्रवक्ता विमला केसीले ६ नम्बर प्रदेशका ठूला उद्योगधन्दा नभएकाले यहाँको समृद्धि र विकासका लागि जडिबुटी, वन्यजन्तु र वनलाई प्रमुख आधार बनाइएको बताइन्।

यस्तै प्रदेशको पर्यटन प्रवद्र्धनका लागि अर्को वर्ष नेपालकै ठूलो ताल मुगुको रारामा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । प्रवक्ता केसीले पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणका लागि महोत्सवको आयोजना गर्न लागिएको बताइन्।

यस्तै युवालाई कृषिमा आकर्षित गर्न ‘व्यावसायिक खेती प्रणालीको प्रोत्साहन ः उच्च मूल्य कृषि वस्तुको उत्पादन’ नारा बैठकले तय गरेको छ । यस्तै प्रदेश सरकारले ‘एक सहकारी, एक उत्पादन’ को नीति लिएको छ । प्रदेशको समृद्धिका लागि लगानीमैत्री वातावरण तयार गर्ने, डिजिटल प्रदेश  बनाउने, जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक गाउँपालिका र नगरपालिकामा १५ शड्ढयाको अस्पताल निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

यस्तै ‘एक गाउँपालिका, एक घरेलु उद्योग’, जेष्ठ नागरिक देश दर्शन कार्यक्रम, सडक सञ्जालले नछोएका हुम्ला र डोल्पामा तत्काल सडक पु¥याउने, उत्तरी चीनसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका सञ्चालनमा ल्याउने, ‘समृद्ध प्रदेशका लागि शान्तिसुरक्षा’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले कर्णालीलगायतका क्षेत्रमा पाइने रैथानै बालीको संरक्षण गर्दै ६ नम्वर प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णय गरेको छ । यस्तै भूउपयोग नीति निर्माण गर्ने र बस्ती विकासलाई व्यवस्थित गर्ने निर्णय पनि पहिलो मन्त्रिपरिषद् बैठकले गरेको छ।  
सरकारले प्रदेश सरकारका लागि सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियमावली–२०७४, प्रदेश सरकार कार्यसम्पादन नियमावली–२०७४, प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७४ स्वीकृत गरेको छ।

प्रदेश सरकारका निर्णय
अर्को वर्ष रारामा कर्णाली पर्यटन महोत्सव
‘गरिब जनताको धनः जडिबुटी, वन्य जन्तु र वन’
रैथाने बालीको संरक्षण गर्दै अर्गानिक प्रदेश निर्माण
एक सहकारी, एक उत्पादन नीति
समृद्ध प्रदेश निर्माणका लागि लगानीमैत्री वातावरण
डिजिटल प्रदेश निर्माण
जनतासँग मुख्यमन्त्री कार्यक्रम
सबै स्थानीय तहमा १५ शड्ढयाको अस्पताल
क गाउँपालिका एक घरेलु उद्योग
जेष्ठ नागरिक देशदर्शन कार्यक्रम

प्रकाशित: ८ फाल्गुन २०७४ ००:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App