प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सिलवाल

सोमबार, ०७ फागुन २०७४, २२ : २० कमलराज भट्ट  | @krb98804

काठमाडौं – नेकपा एमालेका सांसद एवं पूर्व डीआईजी नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

आइजीपी नियुक्ति प्रकरणमा सरकारी कागजपत्र कीर्ते गरेको भन्दै सर्वाेच्च अदालतको आदेशमा अनुसन्धान सुरु भएपछि सम्पर्कविहिन बनेका सिलवाल प्रधानमन्त्री भेट्न सोमबार साँझ बालुवाटार पुगेको स्रोतले बतायो। भेटमा सिलवालले प्रधानमन्त्री नियुक्त भएकोमा ओलीलाई बधाई दिएका थिए।

सिलवाल एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गाडीमा बालुवाटार पुगेका थिए। 

ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवाल शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा पक्राउ परिने भन्दै सम्पर्कविहिन भएका थिए। उनलाई खोज्न सरकारले ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो।

उनले तत्कालिन प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाउँदै आएका छन्। यसअघि सिलवालको सम्बन्धमा प्रधानमन्त्री ओलीले कानूनविद्सँग परामर्श गरेका खबरहरु समेत आएका थिए। 

संसदको अधिवेशन आह्वान गरेसँगै सार्वजनिक

कीर्ते मुद्दामा अदालतको आदेशसँगै प्रहरीले अनुसन्धान अगाडि बढाउँदा सम्पर्कविहिन भएका सिलवाल सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेलगत्तै सार्वजनिक भएका छन्। 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले फागुन २१ गतेका लागि अधिवेशन आह्वान गरेकी छन्। कानूनविद्का अनुसार निर्वाचित सांसदलाई अधिवेशन बोलाएको सूचना जारी भएर अधिवेशन अन्त्य नभएसम्म पक्राउ गर्न नपाउने व्यवस्था रहेको छ। यही मौकामा सिलवाल बालुवाटारमा प्रधानमन्त्री भेट्न पुगेका हुन्। 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad