७ वैशाख २०८१ शुक्रबार
कला

गृह जिल्लाबाट माया बुझाउँदै गायक हेमन्त

पाल्पा – तानसेनको टुँडिखेलमा जारी पाल्पा महोत्सवमा हेमन्त शर्मासँग पाल्पालीहरु रमाएका छन्। ‘न तेजाबी सुन हो माया न हो छापावाल...’ भन्दै  गृहजिल्ला बताउँदै हेमन्त शर्मा स्टेजमा चढें। महोत्सव अवलोकन गर्न टुँडिखेलमा जम्मा भएका दर्शक श्रोता शर्माले गाएका आधा दर्जन बढी गीतमा निकै झुमेका थिए। 

तानसेनमा प्रदेश स्तरीय १२ औं पाल्पा महोत्सव चलिरहेको छ। महोत्सवमा पाँचौ दिन उनीसँगै जमुना राना, हुम गैरे, बलराम सरकार, चन्द्र शर्मा, बलराम शर्मा, कमल भट्टराई, बिजय बमरेलको प्रस्तुती रह्यो। शर्माले थाप न थाप हातैमा, मायाको चिनो मायालु...। माया गर्छु भन्नेले माया देखाई देउ...। मायाले दिल ज्यानै दिन्छु भने त...लगायतका गीत गाउँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। 

सब जनाले यहि कुरा गरे, तिम्रो मेरो जोडी खुब मिल्छ रे, भकारीमा धान छ लगायतका गीत गाउँदै महोत्सवका लागि पुगेकी गायीका गजमुना रानाले पनि दर्शकालाई भरपुर आनन्द प्रदान गरीन।् 

महोत्सवको पाँचौं दिनसम्म चार करोड बढीको कारोबार भएको महोत्सव मूल आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले बताए। उनले महोत्सवमा साठी हजार बढी दर्शकले अवलोकन गरेको बताए। प्रचारप्रसार संयोजक बिष्णुमान बज्राचार्यले महोत्सवमा जेष्ठ नागरिक एवं  फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको बताए।

‘स्टल सहभागीहरु एवं प्रवेश टिकटमा एक–एक थान गोला प्रथाद्धारा मोटरसाईकल उपहार राखिएको उनले बताए। 

करिब १० करोड बढिको कारोबार गर्ने संघको लक्ष्य छ। महोत्सवको आम्दानीबाट बहुउद्देश्यीय भवन निर्माणमा पर्यटन प्रवर्द्धनमा १५ प्रतिशत, धार्मीक सम्पदा संरक्षण, टुँडिखेल मैदान संरक्षण, व्यवसायमा ५÷५ प्रतिशत रकम विनियोजन गरिने संघले जनाएको छ। 

प्रकाशित: ७ फाल्गुन २०७४ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App