४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

दोक्लम विवाद : भारतीय टोलीको गोप्य भुटान भ्रमण

नयाँदिल्ली – दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीका बीच भारतको उच्चस्तरीय प्रतिनिधीमण्डलले भुटानको गोप्य भ्रमण गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सेना प्रमुख जनरल विपिन रावत, विदेश सचिव विजय गोखले र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले फेब्रुअरी महिनाको पहिलो साता अनौपचारिक भ्रमण गरेका हुन्। भ्रमणका क्रममा भुटानी नेतृत्वसँग रणनीतिक मुद्दामा छलफल भएको बताइएको छ।

छलफल दोक्लमको पठार क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधी र रक्षा ढाँचाको निर्माणका विषयमा केन्द्रीत थियो। दुबै देशबीच द्विपक्षीय सुरक्षा र रक्षा सहयोगको समिक्षा हुनुका साथै यसलाई अझै बलियो बनाउने समझदारी भएको समाचारमा जनाइएको छ।

दोक्लम चीन र भुटानको सीमा क्षेत्रमा पर्छ। गत वर्ष चीनले आफ्नो भुभागमा सडक बनाउँदा भारतीय सेनाले अवरोध गरेपछि दुई देशबीच सम्बन्ध उत्कर्षमा पुगेको थियो। चिनियाँ सडक निर्माणमा ७३ दिनसम्म अवरोध पुर्याएको भारतीय सेना अन्तिम समयमा पछि हटेको थियो। 

पछिल्लो समय चीनले सो क्षेत्रमा आफ्नो उपस्थिती पुनः बढाउँदै लगेपछि आत्तिएको भारत सुरक्षा समन्वय गर्न भुटान पुगेको बताइएको छ। 

प्रकाशित: ७ फाल्गुन २०७४ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App