७ वैशाख २०८१ शुक्रबार
राजनीति

आलोपालो प्रधानमन्त्रीको विपक्षमा माधव नेपाल

गौर - पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन्।

पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन्। यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादीबीच सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको खुलासा गरेका थिए। 

रौतहटको गौरमा सोमबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने भनाई राखे। नेता नेपालले पार्टी एकीकरणपछि दुईजना अध्यक्ष बन्ने अवस्था आए पनि दुवैजनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गरे। नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने उनको भनाइ थियो। 

प्रकाशित: ७ फाल्गुन २०७४ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App