७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीसँगको वार्ताबारे दाहालले पार्टीमा गरे विफ्रिङ

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउने विषयमा आन्तरिक छलफल गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीका शीर्ष नेताहरुसँग सोमबार आन्तरिक छलफल गरेका हुन्। 

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको अनौपचारिक छलफलमा एकता प्रक्रियालाई निष्कर्षमा पु-याउने गरी कुराकानी भइरहेको शीर्ष नेतालाई जानकारी गराएका थिए।

बैठकमा सहभागी नेताहरुका अनुसार अध्यक्ष दाहालले आइतबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको एक्लाएक्लै छलफलमा भएको प्रगतिबारे जानकारी गराएका थिए। एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक आजै बस्दैछ। 

माओवादी केन्द्रका नेता जनार्दन शर्माका अनुसार पार्टी एकतालाई निष्कर्षमा पु¥याउने गरी कुराकानी भइरहेको छ। आइतबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच करिब पाँच घण्टा छलफल भएको थियो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते संघीय संसदको बैठक आह्वान गरेकी छन्। सो बैठकमा एकीकृत पार्टीको रुपमा नै प्रस्तुत हुने गरी तयारी भइरहेको बताइएको छ। 

प्रकाशित: ७ फाल्गुन २०७४ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App