coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुप विश्वविद्यालयमा रिले अनशन

महेन्द्रनगर – महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सुधारको माग गर्दै प्राध्यापक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले रिले अनशन सुरु गरेका छन्। 

महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुप विश्वविद्यालय सुधारको माग गर्दै विश्वविद्यालयकै कर्मचारी तथा प्राध्यापकहरुले रिले अनशन सुरु गरेका हुन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांगेस निकटका प्राध्यापक संगठन तथा कर्मचारीहरुले विश्वविद्यालय पदाधिकारीहरु समक्ष विभिन्न ६ बुँदे माग राख्दै रिले अनशन सुरु गरेका हुन्। 

विश्वविद्यालयका उपकुलपति, रजिष्टार लगायतका पदाधिकारीहरु आफ्नो मनपरी ढंगले चलिरहेको भन्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा रिले अनशन थालिएको सुुप विश्वविद्यालय सुधार समितिका अध्यक्ष विरबहादुर सिंहले जानकारी दिए। 

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संघका अध्यक्ष समेत रहेका सिंहले विश्वविद्यालय पदाधिकारी समक्ष विभिन्न ६ बुँदे माग राख्दै रिले अनसन सुरु गरेको बताए। विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ, रजिष्टार द्विजराज भट्ट लगायतका पदाधिकारीहरु केन्द्रीय कार्यालय भन्दा काठमाडौंमा रहेको सहायक कार्यालयमा बढी बस्ने गरेको, विश्वविद्यालय सुधारका लागि कुनै पहल नगरेको लगायत आर्थिक, सामाजिक, तथा प्रशासनिक मागहरु राखेका अनसनमा बसेको अध्यक्ष सिंहले जानकारी दिए।

रिले अनसन  फागुन ९ गतेसम्म चल्ने उनीहरुले जनाएका छन्। आफ्ना मागहरुको सम्बोधन नभए तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने सुधार समितिले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७४ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App