coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेरो कार्यकालमा सबैभन्दा बढी प्रगति : पराजुली

काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो कार्यकालमा न्यायालयमा सबैभन्दा धेरै प्रगति भएको दावी गरेका छन् । बाल सुधार गृह सानोठिमिले सोमबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले सो दावी गरेका हुन्।

आफू नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र यसले अतिरिक्त समय इजलास सञ्चालन हुँदा महत्वपूर्ण सफलता हाँसिल भएकोपनि पराजुलीले बताए । विगत डेढ वर्षसम्म अबरुद्ध रहेको संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषयहरु निरन्तर निरुपण भईरहेको, बालबालिका, जेष्ठ  नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु लगायतका मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाई गरिरहेको पनि उनकोे दाबी थियो।

न्यायालयमा भएका राम्रा र सुधारका काममा केही व्यक्तिहरु निच तरिकाले प्रस्तुत भएर भ्रमको खेति गरिहेको पनि पराजुलीको गुनासो थियो । न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि  विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने पनि प्रधानन्यायाधीश पराजुलीले बताए।

सत्यता जागरुक गर्नका लागि विकास भएकाले न्यायालय र मिडिया नै समाजको सत्यताका प्रतिक रहेको बताउ“दै उनले समाजमा आफुलाई अहम र ठुलो ठान्नेहरु नै असभ्यताको खेति गरिरहेको बताए । उनले अर्काका बारेमा भ्रामक सूचना सम्रेषण हुन थालेको भन्दै राज्यलाई घचघचाउने संस्थालाई आफ्नो विशेषता आफै नगुमाउन आग्रह गरे।

प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडियाको आ – आफ्नो कार्यशैली फरक भएपनि लक्ष्य सत्यको खोजी भएको उल्लेख गर्दै कसैलाइ केहि लागेको कुरा बोल्न छुट होला तर ति सबै सत्यता र शिष्टतामा आधारित हुनुपर्ने औल्याए।

कार्यक्रममा बाल न्याय समन्वय समितिका अध्यक्ष समेत रहेका सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरेले बाल सुधार गृहलाई समयसापेक्षा आधुनिक र न्यायिक बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले न्यायिक काम कारबाहिमा कहिलेकाँही सोचेजस्तो नहुने भएकाले कुनै अमुक विषयलाई लिएर नउचाल्न आग्रह गरे।

नाबालक कुनै अभियोगमा कैद हुने अवस्थामा सरकारले बालगृहमा पठाएर सुधार गृहमा विभिन्न किसिमका शिक्षा प्रदान गर्ने गरेको छ । बालगृहलाई युसेफ नामक गैरसरकारी संस्थाले व्यवस्थापन गर्दै आएको छ।

प्रकाशित: ७ फाल्गुन २०७४ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App