७ वैशाख २०८१ शुक्रबार
समाज

दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि

काठमाडौँ-चौध वर्षअघि दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ।

‘दोरम्बा हत्याकाण्ड चौधौँ स्मृति दिवस’ का अवसरमा रामेछाप–काठमाडौँ गणतान्त्रिक सम्पर्क मञ्चको आयोजनामा आज भएको कार्यक्रममा कवि पूर्ण विराम, बैरागी जेठा, मोहनलाल घिसिङ, श्यामबहादुर भावुक, रामचद्र दाहाल, अृमता स्मृति, अशोक सुवेदी, झनक श्रेष्ठ, चिन्तामणि घिमिरे, महेन्द्र राईलगायतले दोरम्बा हत्याकाण्डबारे कविता वाचनसमेत गरेका थिए।

कार्यक्रममा अग्निराज पौडेल ‘अराप’ र पासाङविक्रम लामा ‘मङ्गोल पुत्र’ ले दोरम्बा हत्याकाण्डलाई चित्रमा उतारेका थिए।

जनयुद्धका क्रममा तत्कालीन नेकपा (माओवादी) र सरकारबीच वार्ता चलिरहेको बेला २०६० साउन ३२ गते रामेछापको दोरम्बामा स्थानीय युवराज मोक्तानको घरमा पार्टीको क्षेत्रीयस्तरको बैठक बसिरहेको बेला तत्कालीन शाही सेनाको टोलीले बाबुराम लामासहित २१ माओवादी नेता कार्यकर्तालाई नियन्त्रणमा लिई गोली हानी हत्या गरेको थियो । हत्यालगत्तै माओवादी र सरकारबीच चलिरहेको वार्ता भङ्ग भएको थियो। रासस

 

प्रकाशित: ३२ श्रावण २०७३ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App