७ वैशाख २०८१ शुक्रबार
खेल

ला लिगा फुटबल : रियाल मड्रिड र एथ्लेटिको मड्रिड विजयी

स्पेन – स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । आइतबार राति रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड ५–३ ले विजयी भयो।

रियल मड्रिडको जितमा मार्को असेन्सियोले ११ र ६९ औं मिननेटमा गरि २ तथा  ५० औं मिनेटमा सर्जियो रामोस, ६५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डो र दोस्रो हाफको इन्जुरी समयमा करिम बेन्जेमाले एक÷एक गोल गरेका थिए । पराजित रियल बेटिसका लागि ३३ औं मिनेटमा एइसा मेन्डी र ८५ औं मिनेटमा सर्जियो लियोनले एक–एक गोल गर्दा रियाल मड्रिडकै नाचोले पहिलो हाफको ३७ औं मिनेटमा एक आत्माघाती गोल गरेका थिए।

जितपछि चौथो स्थानमा रहेको डिफेन्डीङ च्याम्पियन रियल मड्रिडको २४ खेलबाट ४५ अंक भएको छ । पराजित रियल बेटिस भने ३३ अंकका साथ ९ औं स्थानमा छ।

अर्को खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले १४ औं स्थानको एथ्लेटिकको बिल्बाओलाई २–० ले पराजित गर्यो । एथ्लेटिको मड्रिडको जितमा खेलको ६७ औं मिनेटमा केभिन गमैइरो र ८० औं मिनेटमा डिएगो कोस्टाले गोल गरे।

त्यस्तै ला लिगा अन्तर्गत राति भएका अन्य खेलमा रियल सोसीडाडले लेभान्टेलाई ३–० ले पराजित गर्दा ईस्पानियोल र भियारियालले भने १÷१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।

प्रकाशित: ७ फाल्गुन २०७४ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App