६ वैशाख २०८१ बिहीबार
खेल

फाइनलमा पुरानै प्रतिद्वन्द्वी

एफिएफविरुद्धस्पाइक गर्दै नेपाल पुलिस क्लबका खेलाडी (हरियो)। तस्बिर : कमल /नागरिक

बाँके – शिवम् न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपालगन्ज कभर्डहलमा आइतबार सहज जित हासिल गर्दै न्यु डायमन्ड र एपिएफले फाइनलको टिकट काटे । एपिएफले विभागीय प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई २५–९, २५–१९, २५–२१ ले हराउँदा न्यु डायमन्डले बंगलादेशको इफाद गु्रप महिला भलिबल टोलीलाई २५–६, २५–१९, २५–२१ को नतिजामा पराजित ग¥यो।

नेपाली महिला भलिबलमा सफल टोलीको छवि बनाएका दुई टोलीबीच हुन लागेको यो दोस्रो उपाधि भिडन्त हो । चितवनमा सम्पन्न प्रथम मेयर कप महिला भलिबलमा एपिएफले न्यु डायमन्डलाई हराउँदै उपाधि जितेको थियो।

टिम समन्वय नबिग्रिए चितवनको नतिजाले निरन्तरता पाउने एपिएफ प्रशिक्षक ज्ञानेन्द्र विष्टको विश्वास छ । उनले भने, ‘डायमन्डसँग हाम्रो प्रतिस्पर्धात्मक खेल हुन्छ । प्रतिभा र मञ्जुको स्पाइकलाई रोक्नु पर्छ । उनीहरुको सर्भिस राम्रो छ । हामीले रिसिभ राम्रो ग¥यो भने उपाधि जित्न कठिन छैन।’

क्लियर स्पाइक गर्ने एपिएफकी सरस्वती चौधरीले सेमिफाइनलमा पनि आफनो प्रभाव जमाइन । आइतबार वुमन अफ दी म्याचको ट्रफी जितेकी सरस्वतीले फाइनलका लागी तयार भएको बताइन । जारी प्रतियोगितामा सरस्वती दोस्रो पटक वुमन अफ  दी म्याच भएकी हुन।

डायमन्डका प्रशिक्षक कुमार राई मुख्य स्पाइकर प्रतिभा र मञ्जुले प्रभाव जमाउन सके उपाधि जित्न कठिन नहुने बताउँछन । उनले भने, ‘हामीले विगतमा पनि एपिएफलाई हराइसकेका छौं । त्यसमा केही अप्ठयारो छैन । तर स्पाइकरले अंक धेरै लिनु सक्नु प¥यो । मध्यपंक्तिका स्पाइकर र डिफेन्स राम्रो भए हामी च्याम्पियन बन्न सक्छौं।’

 

 

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App