coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषि सहकारीको दुई कराेड ९२ लाख कारोबार

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारी करिब दुई करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

२०६९ भदौ ३१ गते स्थापना भएको सहकारीले आर्थिक वर्ष ०७३-७४ सम्ममा दुई करोड ९२ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । पाँचौं वार्षिक साधारणसभामा सहकारी अध्यक्ष किशोरकुमार श्रेष्ठले यस वर्ष पाँच लाख ७६ हजार २६ रुपैयाँ मुनाफा आर्जन भएको जानकारी दिए ।

६९ कृषि समूह तथा चार सय ७९ सदस्य संख्या पुगेको सहकारीको सेयर पुँजी नौ लाख ९५ हजार पाँच सय रुपैयाँ रहेको जानकारी दिइएको छ । सहकारीले मुनाफामध्येको ३५ प्रतिशत रकम सेयरधनीलाई एक सेयर बराबर १५ रुपैयाँका दरले लाभांश स्वरुप वितरण गरेको छ ।

आफ्ना सेयर सदस्यलाई बिनाधितो ८० हजार ऋण प्रवाह गर्दै आएको सहकारीले आफ्नै भवन निर्माण गरिरहेको जनाएको छ । सहकारीले १५ प्रतिशतका दरले लघु कर्जा, नौ प्रतिशतका दरले मासु तथा दुग्धजन्य कर्जा र १२ प्रतिशतका दरले सोलार कर्जा प्रवाह गर्दै आएको जनाएको छ । कृषि विकास कार्यालय र पशुसेवा कार्यालयको सहयोगमा सहकारीले पशुजन्य व्यवसाय, कृषि, अन्य व्यवसाय सञ्चालन गर्ने किसानलाई प्राथमिकतामा राखेर ऋण प्रवाह गरिरहेको छ ।

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App