coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुकुमवासीद्वारा नगरपालिकामा तालाबन्दी

रौतहट, – रौतहटको चन्द्रपुर नगरपालिकामा स्थानीय सुकुमवासीले तालाबन्दी गरेका छन् । नगरपालिकाले व्यवस्थित बसोवास आयोगले माग गरेको सिफरिस नदिएको भन्दै सुकुमवासीले चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज तिमल्सिनासहित कर्मचारीलाई कार्यालयबाहिर निकालेर मुख्य गेटमै ताला लगाइदिएका हुन ।  

जिल्ला व्यवस्थित बसोवास समिति चन्द्रनिगाहपुरका सदस्य लालबाबु चौधरीले गत माघ २४ गते चन्द्रपुर नगरपालिकाभरिका वास्तविक सुकुमवासीको पारिवारिक विवरणसहित सिफारिस पठाइदिन नगरप्रमुखलाई प्रत्र पठाएका थए । व्यवस्थित बसोवास समितिले सुकुमवासीको विवरण पठाउन फागुन ८ गतेसम्म समय तोकेको थियो । उक्त पत्रको आधारमा स्थानीय सुकुमवासीले निवेदन लिएर जाँदा नगरपालिकाले सिफारिस दिन आनाकानी गरेपछि तालाबन्दी गरेको स्थानीय सुनीता तामाङले बताए ।

सरकारले सुकुमवासीलाई व्यवस्थित गर्न उनीहरुले भोग गर्दै आएको जग्गाको हकभोग उनीहरुकै नाममा दिन नगरपालिकाको सिफारिससहित निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । नगरपालिकाले सिफारिस दिएपछि समितिमार्फत लगतसहितको पत्र आएपछि भूमिसुधार कार्यालयले हकदाबीसम्बन्धी सूचना प्रकाशित गरी अन्य प्रक्रिया अगाडि बढाउने प्रावधान छ । तालाबन्दीका कारण नगरको दैनिक जसो हुने अन्य कामकाजसमेत प्रभावित बनेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सरोकारवाला निकायसित छलफल गरेर सुकुमवासीको समस्या समाधान गर्ने बताए ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App