coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारलाई रेलमार्ग निर्माणमा प्राथमिकता दिन सुझाव

काठमाडौं – केपी ओली नेतृत्वको सरकारलाई रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेर ५ वर्षभित्र आत्मनिर्भर अर्थतन्त्र बनाउने लक्ष्य राख्न सुझाव दिइएको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको सुशासन समितिले मुलुकको समृद्धिका लागि रेल्वेसेवालाई प्राथमिकता दिन सुझाव दिएको हो । समितिले दुई वर्षभित्रै सुशासनको अनुभूति दिलाउन सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएको छ । एमाले र माओवादी केन्द्रका प्रतिनिधि सम्मिलित सो समितिले आइतबार आफ्नो प्रतिवेदन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको छ ।

‘पूर्वपश्चिममा उच्च गतिको रेलमार्गलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड गरेका छौं,’ समिति संयोजक एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘५ वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेलगायतको अजेन्डामा जोड गर्न भनेका छौं ।’समितिले रोजगारीको अवसर खुलाउन, ५ वर्ष भित्रमा सबै कृषियोग्य जमिनमा सिँचाइ सुविधा दिलाउन, अर्बौं रकम लाग्ने आयोजना वैदेशिक सहयोगमा निर्माण गर्न सुझाव दिएको छ ।

समितिले  जनतालाई दुई वर्षभित्रै सुशासनको अनुभूति दिलाउने गरी काम गर्न सरकारलाई सुझाव दिएको छ । ‘सुशासन, कानुनी राज्य र सक्षम राज्य प्रणालीमा सरकार केन्द्रित हुनुपर्नेछ,’ गौतमले भने ।समितिका सदस्य एवम् माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकारको नीति तथा कार्यक्रम बनाउन सहयोग होस् भनेर सुझाव दिइएको छ । ‘सरकार सञ्चालन र सरकारले बनाउने कार्यक्रमबारेमा सुझाव पेस गरेका छौं, त्यसमा सरकारले अध्ययन गर्नेछ,’ पोखरेलले नागरिकसँग भने ।

प्रकाशित: ७ फाल्गुन २०७४ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App