७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

काल भैरबको मुखबाट नैवेद्य खोसेर खाने भँगेरो

काठमाडौं– दिनभर चर्को गर्मी, धुलो र धुँवाले भरिने गर्छ आजकाल राजधानी काठमाडौं सहर। तर, साँझपख भने शीतल महसुस हुन्छ। व्यस्त यस सहरमा साँझपख मन्द–मन्द गतिमा चल्ने हावाको स्पर्शले मनलाई आनन्द अनुभूति दिने गरेको छ।

यही सहरी कोलाहल र अस्तव्यस्तताबाट एकैछिन भए पनि मन भुलाउन बसन्तपुर दरबार क्षेत्रमा सुस्ताउने गर्छन् यहाँका स्थानीय। अझ विदेशी पर्यटकका लागि त यस बसन्तपुर दरबार क्षेत्र मनमोद–विनोद गराउने स्थान नै बन्ने गरेको छ।  हावासँगै सन्ध्याकालीन रमणीय दृश्य क्यामेरा कैद गर्न पाउँदा के पर्यटक के पत्रकार सबैको मन बहलाउँछ। सम्पूर्ण थकान मेटिएको अनुभूति हुँदो रहेछ।

बसन्तपुरको हनुमानढोका अगाडि बसेर चियाको चुस्की लिँदै मानसका गतिविधि अवलोकन गर्दा सबै आ–आफ्नै संसारमा रमाइरहेका देखिन्थे। के स्वदेशी के विदेशी पर्यटकहरु परेवालाई चारो हाल्दै सेल्पिÞm खिचेर रमाउँदै थिए। केही श्रद्धालु भक्तहरु हनुमानढोका दरबार अगाडि रहेको कालभैरवको मुर्तिमा पूजा गर्दै थिए। एक्कासी कालभैरकको मुखबाट नैवेद्य खोसेर खाने भँगेरोमाथि नजर पुग्यो। निकै रमाइला थिए ती दृष्यहरु । हेर्दै, क्यामेरामा कैद गर्दै गरेँ।

हेर्नुस् काल भैरबको मुखबाट नैवेद्य खोसेर खाने भँगेरोको धारावाहीक गतिविधिः

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App