६ वैशाख २०८१ बिहीबार
कला

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

मुम्बई – बलिउडका अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्मको नाममा विवाद भएको छ। 

निर्देशक राजकुमार हिरानी र निर्माता विनोद चोपडा फिल्मको नाम ‘बाबा’ राख्ने अडानमा छन भने सञ्जय ‘सञ्जु’ राख्नुपर्ने माग गरिरहेका छन्। फिल्मको नाममा विवाद भएकै कारण ट्रेलर रिलिजमा समेत ढिलाई भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

फिल्मको नाम (बाबा–सञ्जु) मा दुबै पक्षबीच विवाद भएपछि अब ‘दत्त’ राख्नेबारे छलफल भइरहेको बताइएको छ।  
शुटिङ सकिसकेको फिल्मको ट्रेलर ८ मे (सञ्जय दत्तको पहिलो फिल्म ‘राँकी’ रिलिज भएको दिन)मा सार्वजनिक गर्ने तयारी भएपनि नामको विवादका कारण अनिश्चित बनेको छ।

वायोपिक फिल्मा रणबीर कपुरले सञ्जय दत्तको भुमिका निर्वाह गरेका छन्। सोनम कपुर, मनीषा कोइराला, परेश रावल, जिम सरभ, दिया मिर्जा र टिभी कलाकार करिश्मा तन्नाको पनि अभिनय रहेको छ।

प्रकाशित: ६ फाल्गुन २०७४ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App