७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीसँग सहकार्य गर्न पाकिस्तानी प्रधानमन्त्री इच्छुक

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चाँहेको बताएका छन्।

दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासीले दक्षिण एशियाको शान्ति र समृद्धिको लागि नयाँ सरकारसँग पाकिस्तानले सहकार्य गर्न चाँहेको उल्लेख गरेका छन्।

दुई देशबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै अब्बासीले ओलीको कार्यकालमा सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास लिएका छन्।

प्रकाशित: ६ फाल्गुन २०७४ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App