सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

आइतबार, ०६ फागुन २०७४, १३ : ४३ नागरिक

पाल्पा – कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ।

सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेशा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् । कृषकको आम्दानी उकास्न र उनीहरुलाई दूध उत्पादनबाट आत्मनिर्भर बनाउने उद्देश्यले कृषकको घरदैलोमै पुगेर निःशुल्क ढुवानी खर्चमा दूध खरिद गर्दै आइरहेको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताए।

“कृषकले दूध उत्पादन गरे मात्र भयो, गोठदेखि बजारसम्म दूध बिक्री गर्ने जिम्मा सहकारीले लिएको छ,” उनले भने । सहकारीमा हाल दैनिक ३ हजार लिटर जति डुम्रे आसपास क्षेत्रबाट दूध संकलन हुने गरेको जिसीको भनाइ छ । यस सहकारी संस्थामा ३० वटा व्यावसायिक पशुफार्म दर्ता भएका छन् । सहकारीले घरमै आएर दूध खरिद गर्न थालेपछि व्यवसाय गर्न सजिलो भएको माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्णप्रसाद भट्टराईले जानकारी दिए । दूध बिक्री गरेर छोराछोरीलाई उच्च शिक्षा दिन, घरायसी खर्च चलाउन सजिलो भएको उनको भनाइ छ । भट्टराईको फार्ममा हाल १० वटा उन्नत जातका गाईबाट दैनिकजसो ८० लिटर जति दूध बिक्री हुन्छ । एक महिनामा दूध बिक्रीबाट रु १ लाखको हाराहारीमा आम्दानी लिँदै आएको भट्टराईले बताए।

त्यस्तै तानसेन नगरपालिका–९ दमकडा बस्ने सुमा बन्जाडेले पनि छिमेकीले घरबाटै दूध बिक्री गरेको देखेपछि गाईपालन व्यवसाय शुरु गरेकी छन् । रोजगारीको सिलसिलामा ६ वर्षसम्म विदेशमा पसिना बगाएकी बन्जाडेले १० वटा गाईको दूध बिक्रीबाट एक महिनामा रु ४० हजारसम्म आम्दानी गरेको जानकारी दिँदै उनले भनीन्, “विदेशबाट घर आए, गाउँमा सबै छिमेकी गाईपालनमा लागेको देँखे र दूध खरिद गर्न सहकारीले बिना ढुवानी खर्च घरघरमा पुगेको देखेपछि मैले पनि गाई पाल्न शुरु गरेको हुँ ।” दूध बेच्नकै लागि बजारसम्म जानु नपर्ने, घरबाटै बेच्न पाइने भएपछि कृषकलाई धेरै सजिलो भएको उनको अनुभव छ । दूध बिक्रीका लागि सहज वातवरण बनेपछि डुम्रे क्षेत्रका स्थानीयवासीको आम्दानीको स्रोत नै गाईपालन व्यवसाय बनेको हो।   (रासस)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...