८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश नम्बर ४ को उपसभामुखमा ३ को उम्मेदवारी

पोखरा- प्रदेश नम्बर ४ को उपसभामुखको लागि तीन जनाको उम्मेदवारी परेको छ। बिहान ९ बजेदेखि ११ बजेसम्मको निर्धारित समयमा तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए।

एमालेकी श्रृजना शर्मा, कांग्रेसकी मानकुमारी गुरुङ र जनमोर्चाकी पियारी थापाले उम्मेदवारी दर्ता गरेका छन्। सांसद शर्मालाई वाम गठबन्धनले समर्थन गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०७४ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App