८ वैशाख २०८१ शनिबार
समाज

पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

राजविराज – सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आइतबार (आज) मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत विहार राज्यअन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका ४ वर्षीय छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ललकु मामा घर आएको र घरमा कोही नभएको बेला खेल्दाखेल्दै घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।  (रासस)

प्रकाशित: ६ फाल्गुन २०७४ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App