औद्योगिक प्रदर्शनी चैतमा

आइतबार, ०६ फागुन २०७४, १३ : ३२ नागरिक

काठमाडौं – स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन उपभोग बढाउन २९औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ।

‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौं’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि १३ गतेसम्म काठमाडौंकोे भृकुटीमण्डपमा उक्त मेला हुन लागेको हो।

समितिका कामु सह–कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले साना उद्योगबाट स्थानीयस्तरमा उत्पादित सामग्री प्रदर्शनीका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिए। मेलामा गलैंचा, अल्लोका कपडा, ऊनीको धागो, मादल, नेपाली कागजबाट निर्मित वस्तु, विभिन्न किसिमका अचारका परिकार, काठबाट निर्मित वस्तु, भोजपुरे खुकुरी, पाल्पाली ढाका, पश्मिनाका कपडा लगायतका सामग्रीहरु राखिने समितिले जनाएको छ।

सह–कार्यकारी निर्देशक थापामगरले प्रत्येक जिल्लाका दुईवटाका दरले कक्ष रहने बताए । “प्रत्येक जिल्लाबाट दुईवटा कक्षलाई निःशुल्क व्यवस्था मिलाएका छौं, बाँकी कक्ष राख्न चाहेमा पैसा तिरेर राख्नुपर्ने हुन्छ,” उनले भने । समितिले हरेक वर्ष मेला गर्दै आएको छ।  (रासस)






यसमा तपाईको मत

अन्य समाचार

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

Ncell Footer Ad