८ वैशाख २०८१ शनिबार
समाज

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ।

कावासोती नगरपालिका र डब्लुडब्लुएफको संयुक्त आर्थिक लगानीमा अति विपन्न र वन्यजन्तुबाट पीडित हुनाका साथै आफ्नो जीविकोपार्जन गर्न समेत नसक्ने अवस्थाका विपन्न मुसहर समुदायका १५ परिवारका लागि घर निर्माण गरिएको हो।

नगरपालिकाका तर्फबाट गरिब विपन्न आवास कार्यक्रमअन्तर्गत १० र डब्लुडब्लुएफको भूपरिधि कार्यक्रमअन्तर्गत पाँचवटा घर बनाएर

हस्तान्तरण गरिएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनीया थारूले जानकारी दिए।
डब्लुडब्लुएफले वन र वन्यजन्तुको संरक्षणका लागि निरन्तर कार्य गर्दै आएकाले अतिविपन्न मुसहर समुदायका बासिन्दाको जीविकोपार्जनमा टेवा पु¥याउन उक्त घर हस्तान्तरण गरिएको उनको भनाइ छ।  (रासस)  

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App