८ वैशाख २०८१ शनिबार
राजनीति

पदभार ग्रहणका क्रममा ‘सीसीटीभी’ मा चिप्लिएका ओली

काठमाडौं– नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उनको भाषणका कारण पटक–पटक चर्चामा आउने गर्छन्। भाषणकलामा अब्बल मानिने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सार्वजनिक कार्यक्रमका क्रममा आमजनमानसको ध्यान केन्द्रीत गर्न विभिन्न उखानटुक्का तथा किस्साको उचित प्रयाग गर्न निकै सिपालु मानिन्छन्।

पहिलोपटक प्रधानमन्त्री हुँदा हरेक नेपालीको भान्छामा ग्याँसको पाइप जोडेर सिलीण्डरको ‘फेज’ समाप्त पार्ने, हावा तथा फोहोरबाट विजुली निकाल्नेजस्ता ओलीको भाषणलाई अधिकांशले हाँसोमा उडाए र विभिन्न कार्टुन तथा ‘ट्रोल’ बनाएर आलोचनाको केन्द्रमा राखे।

त्यस्तै दोस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउने क्रममा देश र इश्वरका नाममा सपथ नखाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले त दोस्रोपटक सपथ ग्रहण गर्नुपर्ने माग गरे।

एक वर्ष ६ महिना २२ दिनपछि बिहीबार फेरि सत्तामा पुगेका प्रधानमन्त्री ओली पदभार ग्रहणका क्रममा पनि चिप्लिएका छन्। प्रधानमन्त्री ओलीलेले पदभार ग्रहण गर्नेक्रममा भने,  ‘सम्पूर्ण सञ्चारकर्मी साथीहरु म सहिदहरुप्रति, नेताहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु।’

विकास र समृद्धिका योजना सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले भने, ‘दुईवर्षभित्र प्रत्येक गाउँपालिका तथा नगरपालिकामा ‘सीसीटीभी’ बाट मान्यताप्राप्त, स्तरिय प्राविधिक शिक्षालयको स्थापना गरिनेछ।’

कार्यक्रममा उपस्थित सञ्चारकर्मीलगायतक अन्य कर्मचारी तथा सहयोगीहरु हाँसेपछि प्रधानमन्त्री ओली केही आत्तिएजस्ता देखिए। उनका सहयोगीहरुले ‘सीसीटीभी’ होइन ‘सिटीइभिटी’ भनेपछि दोहोर्‍याउँदा, ‘सिटीइबाट’, तेस्रोपटक ‘सीसीइभीटी’, चौथोपटक ‘सटीभीटीबाट’ भन्दा पनि नजानेपछि  टेक्निकल शिक्षालय र त्यसबाट मान्यताप्राप्त शिक्षालय स्थापना गर्ने भन्दै टारेका हुन्। उनले अझ सहयोगिलाई ‘मैले के भने ?’ भन्दै प्रश्न समेत गरेका थिए।

 

 

 

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App