७ वैशाख २०८१ शुक्रबार
खेल

हेटौंडा गोल्डकप : नेपाल पुलिसले विजय युथ क्लबको सामना गर्दै

मकवानपुर – तेश्रो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) नेपाल पुलिस क्लब र  विजय युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

अघिल्लो हप्ता धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा थ्री स्टारसँग पराजित भएपछिको पहिलो खेलमा पुलिसले विजय युथको सामना गर्न लागेको हो । पछिल्लो समय फर्ममा रहेको पुलिसलाई रोक्दै अघिल्लो चरणको यात्रा तय गर्न विजय युथक्लब मैदान उत्रदा पुलिसभने आफ्नो उत्कृष्ट प्रदर्शलाई निरन्तरता दिदै अर्को उपाधिको नजिक पुग्ने लक्ष्यका साथ खेल्नेछ।

यसअघि हिजो भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० को झिनो अन्तरले पराजित गर्दै मनाङ मस्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको छ।

करिब ६० लाख रुपैंया खर्च लाग्ने फुटबल प्रतियोगिताको प्रथम हुने टिमले उपाधिसहित नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ५ विधा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट प्रशिक्षकले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैंया समेत प्राप्त गर्नेछन्।

फागुन १२ गतेसम्म चल्ने प्रतियोगिता सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको हो । ८ टिम सहभागी हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित हेटौंडाको बिजय युथ र सुदूरपश्चिम–११ को सहभागिता रहेको छ।

भूकम्पका कारण काठमाडौंमा निधन भएका हेटौंडाका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतिष्ठान गठन गरिएको हो । अघिल्लो दुई संस्करणमा भारतीय र भुटानी क्लबले सहभागिता जनाएपनि उत्कृष्ट प्रदर्शन गर्न नसकेकाले यसवर्ष विदेशी क्लबलाई प्रतियोगितामा समावेश नगराएको आयोजकले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०७४ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App