७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुर्खेतमा आइएमई जनरल इन्स्योरेन्स

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा विस्तार गरेको छ ।कम्पनी सञ्चालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बिमा क्षेत्रमा आफ्नो कम्पनीले छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यका साथ शाखा विस्तार भइरहेको बताए । उनका अनुसार कम्पनीले देशभर शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्नेछन् ।यो सहित कम्पनीको शाखा संख्या २८ पुगेको छ । यसबाहेक कम्पनीका चारवटा उपशाखा तथा १० वटा सेवा काउन्टर छन् । कम्पनीले भविष्यमा थप १२ शाखा तथा उपशाखा कार्यालय सञ्चालनमा ल्याउने जनाएको छ ।

 

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App