coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीमा ७० लाखको क्षति

आगलागीबाट जल्दा क्षतिग्रस्त वल्र्ड भिजन इन्टरनेसनलको चौतारास्थित कार्यालय भवन । तस्बिर : नागरिक

सिन्धुपाल्चोक –अन्तर्राष्ट्रिय संस्था वल्र्ड भिजन इन्टरनेसनलको चौतारास्थित कार्यालयमा आगलागी भएको छ । आगलागीबाट अनुमानित ७० लाख रुपैयाँ बराबर क्षति भएको संस्थाका जिल्ला व्यवस्थापक दिनेश बरालले बताए । उनका अनुसार प्रिफ्याबबाट बनेका भवन जलेका छन् । भवनमा रहेका सबै फर्निचर, केही थान ल्यापटप र कागजात पनि नष्ट भएका छन् ।

 शनिबार मध्यराति  १२ बजेतिर आगलागी भएको हो । चौतारा नगरपालिकाको दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको प्रयासमा दुई घन्टामा आगलागी नियन्त्रणमा आएको थियो । ‘त्यतिन्जेल सबै जलेर नष्ट भइसकेको थियो,’ व्यवस्थापक बरालले भने । करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । संस्थाका कर्मचारीले त्यहाँ बसेर दैनिक प्रशासनिक काम गर्थे ।

२०७२ वैशाख १२ को भूकम्पको तेस्रो दिन उद्धार र राहतका निम्ति संस्था जिल्ला आइपुगेको थियो । त्यतिबेलै २३ लाख रुपैयाँ खर्चेर प्रिफ्याव भवन बनाइएको संस्थाले जनाएको छ ।जिल्ला व्यवस्थापक बरालका अनुसार अहिले संस्थाले स्थानीय साझेदार निकायसँग मिलेर भूकम्पपछिको पुनर्निर्माण (व्यक्तिगत आवास, विद्यालय भवन निर्माण), जीविकोपार्जन तथा खानेपानी, सरसफाइको क्षेत्रमा काम गरिरहेको छ । क्षतिको अन्तिम लगत संकलन भइरहेको उनले जनाए ।
 
 

प्रकाशित: ६ फाल्गुन २०७४ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App