१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रिमण्डल विस्तार बिहीबार भित्र: खड्का

भक्तपुर–नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले बिहीबार भित्र मन्त्रिमण्डलले पूर्णता पाउने दाबी गरे। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा उनले कांग्रेसको भातृसंगठनको निर्वाचनको कारण मन्त्रिमण्डल विस्तार ढिलाई भएको बताए। लामो समयसम्म नेविसंघको निर्वाचन नभएकाले बिभिन्न खालका समस्या रहेको र त्यसलाई मिलाउन नेतृत्वको निर्वाचनमा केन्द्रित भएकाले मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको उनको भनाइ छ ।

भारतका राष्ट्रपतिलाई निम्तो दिन काँग्रेसका उपप्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई निम्तो दिन माओवादीका उपप्रधानमन्त्री जानु होडबाजी भएको उनले बताए। सरकारले परराष्ट्रमन्त्री नियुक्ति गरी कुटनीतिक तवरले निमन्त्रणा गरेको भए उपयक्त हुने उनको सुझाब थियो ।

यसरी दुई राजनीतिक दलका प्रतिनिधि र उपप्रधानमन्त्री निम्तोको लागि एकै समयमा जानुले सकारात्मक सन्देश नजाने समेत उनको टिप्पणी थियो । काँग्रेस पार्टीमा लामो समयदेखि भागबण्डाको राजनीति चलिरहेको सबैका सामु स्पष्ट भएको भन्दै वर्तमान समयमा पनि रामचन्द्र पौडेललाई सहयोग गर्नेहरुलाई समेत समेटर जानुपर्ने उनको जोड छ ।

 

प्रकाशित: ३२ श्रावण २०७३ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App