coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र इरानबीच नौ वटा सम्झौता

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गरेको सिन्ह्वाले जनाएको छ।

दुबै नेताबीचको वार्ता ऊर्जा, व्यापार र अन्य विभिन्न विषयमा केन्द्रित भएको अधिकारीहरुले जानकारी दिएका छन्। चाबहारमा बन्दरगाह स्थापना गर्ने विषयलगायत भारत र इरानबीच नौ वटा सम्झौता भएका छन्। 

वार्ता र सम्झौतापछिको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भारत र इरानले एक अर्काबाट धेरै कुराहरु सिकेको बताए। 

रुहानीले भने दुई पक्षीय हितका लागि अहिलेको भेटवार्ताबाट ठूलो सफलता प्राप्त हुने आशा व्यक्त गरे। 

‘हामीले व्यापार, सीमा शुल्क, प्रवेशाज्ञा र विभिन्न आर्थिक र सांस्कृतिक सम्बन्धका बारेमा सकारात्मक छलफल गरेका छौं’, उनले पत्रकार सम्मेलनमा भने। 

इरानी राष्ट्रपति रुहानी तीनदिने भ्रमणका लागि बिहीबार भारत आएका हुन्।

प्रकाशित: ५ फाल्गुन २०७४ १४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App