coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झुठो वकपत्र दिने कारागार चलान

सुर्खेत–    जवजस्ती करणी मुद्दामा वकपत्रमा झुठो व्यहोरा लेखाएको भन्दै जिल्ला अदालत सुर्खेतले जाहेरवालालाई नै एक महिनाको कैद सजाय सुनाएको छ। अतिरिक्त जिल्ला न्यायाधीश कृष्णजंग शाहको एकल इसलासले अदालतमा झुठो वकपत्र लेखाउने पीडितकी आमालाई एक महिनाको कैद सजायको फैसला गरेको हो ।

२०७२ पुस २५ गते १५ वर्षीया सुस्त मनस्थिति भएकी एक बालिकालाई लेखगाउँ–६ का ३० वर्षीय भिमबहादुर सारुमगरले बलात्कार गरेका थिए। पीडित बालिकाका तर्फबाट उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

‘प्रहरी कार्यालयमा दिएको सुरु जाहेरी र त्यसलाई पुष्टि गर्ने अस्पताल रिपोर्टलगायतका सबुत प्रमाण मिल्दामिल्दै पीडकलाई उत्मुक्ति दिने उद्देश्यले अदालतमा झुठो व्यहोरा लेखाएको पाइयो’ जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र मल्लले भने, ‘अदालतमा दिइएको वकपत्रमा झुठो व्यहोरा लेखाएकाले पीडितकी आमालाई एक महिनाको कैद सजाय सुनाइएको हो ।’

अदालतले सुस्त मनस्थिति भएकी बालिका बलात्कारका आरोपीलाई १३ वर्षको कैद सजाय सुनाएको छ। ‘पीडक भिमबहादुर सारुमगरलाई जवजस्ती करणीमा आठ वर्ष र बालिका सुस्त मनस्थितिकी भएकाले थप पाँच वर्षको सजाय हुने ठहर्छ’, अतिरिक्त जिल्ला न्यायाधीश शाहले आइतबार सुनाइएको फैसलामा सुनाइएको छ, ‘जाहेरवालाले अदालतमा गरेको वकपत्रमा झुठो व्यहोरा लेखाएको हुँदा निजलाई एक महिना कैद सजायका लागि जिल्ला कारागार शाखामा चलान गर्नु ।’

 

प्रकाशित: ३२ श्रावण २०७३ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App