coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अनेरास्ववियुमा अधिकारी

उदयपुर – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्वियु उदयपुरको अध्यक्षमा सरोज अधिकारी चयन भएका छन्। फागुन ४ गते सार्वजनिक अखिलको १५ औ जिल्ला अधिबेशनको नतिजा अनुसार अधिकारीको अध्यक्षतामा ३९ सदस्यीय नयाँ जिल्ला कमिटी गठन भएको हो। 

समितिको उपाध्यक्षमा केशब मगर, सचिव भुवन दाहाल, सहसचिव मिलन राई र किन्जल खत्री तथा प्रवेश ठकुरी छानिएका छन् भने कोषाध्यक्ष सीमा श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ। अधिवेशनले संगठन विभाग प्रमुखमा टिएन भिमरौता र महिला विभाग प्रमुखमा जानुका कार्कीलाई छानेको छ। 
माघ २६ सदरमुकाम गाईघाटमा आयोजित अधिवेशनको उद्घाटन अनेरास्ववियु  केन्द्रीय उपाध्यक्ष शैलेस लामाले गरेका थिए। २७ गते सम्पन्न बन्दसत्रमा निबर्तमान अध्यक्षका दावेदारहरु जिवनाथ दाहाल र हेम खड्काबीच सहमति नभएपछि बन्दसत्र लम्बिएको थियो। सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि स्थगित भएको अधिवेशनले शनिबार निकास पाएको हो। 

दाहाल र खड्काबीच सहमति नभएपछि अध्यक्ष मण्डल र तालुक संगठन एमाले उदयपुरले अधिवेशन स्थगित गरी वैकल्पिक नाम प्रस्ताव गरेका थिए। वैकल्पिक नाम आउदा अधिकारीलाई अध्यक्षको चिठ्ठा परेको अखिलका एक कार्यकर्ताले बताए। 

प्रकाशित: ५ फाल्गुन २०७४ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App