काँग्रेस जिम्मेवार प्रतिपक्ष : नेता सिंह

शनिबार, ०५ फागुन २०७४, १३ : ४३ नागरिक

चितवन – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन्। शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए।

नेता सिंहले विधानअनुसार पार्टी सञ्चालन हुन नसकेको बताउँदै पार्टी नेतृत्व विफल भइसकेको आरोप लगाए।

वामपन्थीहरु एकीकरणतर्फ गइरहेको अवस्थामा काँग्रेसलाई पुरानै तौरतरिकबाट सञ्चालन गर्न नहुने बताउँदै उनले “नयाँ परिस्थितिअनुसार पार्टीलाई अगाडि बढाउन सक्नुपर्दछ,” भने।

नेता सिंहले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिदैं परम्परागत शैलीमा पार्टी सञ्चालन गर्दा भविष्यमा थप चुनौती आउने धारणा व्यक्त गरे।

नेतृत्वले कार्यकर्तालाई लङ्गडो तर्क दिएको आरोप लगाउँदै उहाँले काँग्रेसका समर्थकले लङ्गडो तर्कमा विश्वास नगर्ने र पार्टीको वास्तविक अवस्थाबारे कार्यकर्तालाई जानकारी दिनुपर्ने बताए।

नेता सिंहले पार्टीको केन्द्रीय समितिलाई दुई महिनामा पूर्णता दिनुपर्नेमा अहिलेसम्म नभएको तथा महासमिति र केन्द्रीय समिति बैठक तत्काल बोलाउनुपर्नेमा पनि जोड दिए।

वाम गठबन्धनले सहमतिअनुसार सरकारलाई पूर्णता दिन सकेको छैन, उनले भने, “उहाँहरुले राम्रो गर्छाैं भन्नुभएको छ, तर सरकार गठन गर्न नै गाह्रो भएको छ।”   (रासस)








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad