coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियाको कीर्तिमानी जित

अकल्यान्ड – अस्ट्रेलियाले अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा कीर्तिमानी रनको लक्ष्य पूरा गर्ने क्रममा शुक्रबार क्रिकोणात्मक शृंखलाको पाँचौं खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको जित हासिल गरेको छ।

घरेलु टोलीले प्रस्तुत गरेको २ सय ४४ रनको कीर्तिमानी लक्ष्य अस्ट्रेलियाले ७ बल अगावै पूरा ग¥यो । अस्ट्रेलियाले ५ विकेटको क्षतीमा २ सय ४५ रन जोड्दै कीर्तिमान बनाएको हो।

यसअघि भारतले सन् २०१६ मा वेष्ट इन्डिजले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याउदै कीर्तिमानी जित हात पारेको थियो । अस्ट्रेलियाका ओपनर ड्यार्सी सर्ट र डेविड वार्नरले पहिलो विकेटका लागि १ सय २१ रनको साझेदारी गर्दै गतिलो सुरुआत दिलाएका थिए । ४४ बल खेलेका सर्टले ८ चौका र ३ छक्का मद्दतमा ७६ रन जोड्दा २४ बल सामना गरेका वार्नरले ४ चौका र ५ छक्का मद्दतमा ५९ रन जोडे । त्यस्तै आरोन फिन्चले अविजित ३६ र ग्लेन म्याक्सवेलले ३१ रन जोडे।

न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोम, टिम साउथी, ट्रेन्ट बोल्ट र एस सोडीले १–१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ओपनर मार्टिन गुप्टिलको शतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २ सय ४३ रनको विशाल योगफल खडा गरेको थियो । गुप्टिलले ओपनर कोलिन मुनरोसँग पहिलो विकेटका लागि १ सय ३२ रनको साझेदारी गर्दै गतिलो सुरुआत दिलाएका थिए।

५४ बल खेलेका गुप्टिलले ६ चौका र ९ छक्का मद्दतमा १ सय ५ रन जोड्दा ३३ बल सामना गरेका मुनरोले ६ चौका र ६ छक्का मद्दतमा ७६ रन जोडे। अस्ट्रेलियाका केन रिचार्डसन र एन्ड्रियु टाएले २–२ विकेट लिए।
 

प्रकाशित: ५ फाल्गुन २०७४ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App