७ वैशाख २०८१ शुक्रबार
खेल

बास्केटबल लिग शनिबारबाट

काठमाडौं – प्ले अफ डिप्राइभ्ड नेपाल (पिडिसिएन)को आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा शनिबार (आज) बाट प्रथम क्विक्स पुरुष बास्केटबल लिग हुने भएको छ।

होम एण्ड अवे डबल राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगितामा साउथ साइडर्स, हिमालयन होम्स, त्रिभुवन आर्मी क्लब, बुढालिनकण्ठ नगरपालिका, गोन्डेनगेट इन्टरनेशनल कलेज, जेभियर इन्टरनेशनल कलेज, कीर्तिपुर बास्केटबल टिम र विशाल  मिलन केन्द्र गरी ८ क्लबको सहभागीता हुने आयोजक पिडिसिएनका अध्यक्ष अरुण कार्कीले बताए । कार्कीले सहभागी क्लबबाट तीन जनासम्म विदेशी खेलाडी खेलाउन पाउने बताए । तर कोर्टमा एकपटकमा एक जना मात्र विदेशी खेलाडीले खेल्न पाउनेछन्।

चैत १७ गते सम्म चल्ने प्रतियोगितामा कुल ६० खेल हुनेछन् । प्रतियोगिताको शीर्ष ४ स्थानमा बस्ने टोली प्लेअफमा छनोट हुनेछन् । जहाँ पहिलो स्थानको टोलीले चौथो स्थानको टोली र दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीको सामना गर्नेछन्।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्बाधिक स्कोरकर्ता, रक्षक, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले एन्टाबाट जनही १० हजार बराबरको उपहार पाउनेछन्।
 

प्रकाशित: ५ फाल्गुन २०७४ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App